२०७९ श्रावण २९, आईतवार
August 14, 2022, Sunday

जनप्रतिनिधिमा कोरोना : नगरपालिकाको सेवा बन्द

कैलालीको गोदावरी नगरपालिकाका एक जना जनप्रतिनिधिमा कोरोना पुष्टि भएपछि नगरपालिकाले अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा बन्द गरेको छ । शनिवार धनगढी स्थित प्रयोगशालामा गरिएको परिक्षणमा गोदावरी नगरपालिका १ का बासिन्दा एबं नगरपालिकाका ४१ बर्षिय जनप्रतिनिधिमा कोरोना देखिएको हो । उनी चैत्र ११ गते देखि नै नगरपालिकाको कोरोना उद्धार टिममा सकृय रहेका थिए ।

नगरपालिकामा बहिरबाट आउने स्थानीयहरुको उनकै नेतृत्वमा उद्धार गर्ने गरिएको थियो । शुरुदेखि नै उनी आफ्नो टिम सहित अलग्गै बस्ने गरेका थिए । पछिल्लो समयमा भारतबाट धेरै मानिसहरु नगरपालिकामा भित्रिएपछि पनि उनी उद्दारको कार्यमा सकृय नै थिए । नगरपालिका स्रोतका अनुसार ती संक्रमित जनप्रतिनिधी कामको शिलशिलामा धेरैको संम्पर्कमा गएका छन् । उनको जेठ २० गते स्वाव संकलन गरिएको थियो । यसअघि उनको आरडिटी रिपोर्ट समेत पोजेटिभ आएको थियो । उनी अहिले नगरपालिकामा नै स्वास्थ्यकर्मीको निगरानीमा आईसोलेशनमा बसेका छन् ।

संक्रमित देखिएका ती जनप्रतिनिधिले आफ्नो स्वास्थ्य राम्रो रहेको
बताए । ‘नगरपालिका भित्र उद्धारकै कार्यमा ब्यस्त थिएँ, स्वास्थ्य सतर्कता पनि अपनाउंदै आएको हुँ’ उनले भने– ‘तर कोरोना परिक्षण गर्दा रिपोट पोजेटिभ आएको जानकारी पाँए । तर म ठीक छु कुनै समस्या छैन ।’

यसैबिच गोदावरी नगरपालिकाले जनप्रतिनिधिमा कोरोना पोजेटिभ पुष्टि भए पनि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । नगरपालिकाले शनिबार एक सूचना जारी गर्दै अत्यावश्यक स्वास्थ्य र सरसफाई बाहेकका सम्पूर्ण कामहरु बन्द रहने जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज बिष्टद्धारा हस्ताक्षरीत सुचनामा नगरपालिकामा पनि कोरोनाको संक्रमण बढ्दै गएकोले आईतबारदेखि अर्को सूचना जारी नभएसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने उल्लेख छ ।

Related News

अपाङ्ग अधिकार मञ्च नेपालको अध्यक्षमा शारदा विष्ट
अपाङ्ग अधिकार मञ्च नेपालको अध्यक्षमा शारदा विष्ट
  • २०७७ जेष्ठ २५

दिपायल – अपाङ्गका सवालमा काम गर्दै आइरहेको संस्था अपाङ्ग अधिकार...

TOP