बाजुरा– खप्तड छेडेदह गाउँपालिका– ७ स्थित मष्टा आधारभूत विद्यालयको क्वारेन्टिनमा मृत्यु भएका वृद्धको शव व्यवस्थापन गरिएको छ।
स्वाब सङ्कलन गरेर धनगढी पठाएपछि सर्वपक्षीय सहमति र विज्ञको सुझावका आधारमा शनिबार शव व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए।
प्रजिअ गैरे नेतृत्वमा गएको जिल्लाको टोलीले धेरैदिन शव राख्दा थप दुर्गन्ध फैलिने भएकाले दमको रोगी भएको भन्ने स्वास्थ्यकर्मीको जानकारीमा भएकाले शवलाई व्यवस्थापन संयन्त्रकै सक्रियतामा व्यवस्थापन गरिएको हो।
स्वाब सङ्कलन गरेर शनिबार नै धनगढी पठाइएको र त्यसको रिपोर्टपछि अन्यको स्वाब सङ्कलन गर्ने नगर्ने भन्नेबारे निर्णय गरिने प्रमुख जिल्ला अधिकारी गैरेले बताए। ६५ वर्षका वृद्ध यही जेठ १६ गतेदेखि क्वारेन्टिनमा बस्दै आएका थिए।
वृद्धसँगै आएका अन्य सात जना पनि क्वारेन्टिनमा नै बसिरहेका छन्। उनीहरुको टोली भारतको हिमाञ्चल प्रदेश हुँदै नेपाल प्रवेश गरेको हो।
पिसिआर जाँचपछि आएको रिपोर्टका आधारमा थप प्रक्रिया अगाडि बढाउने सहमति भएको खप्तड छेडेदह– ७ का वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिए।
हाल खप्तड छेडेदहमा ६ सयभन्दा बढी सर्वसाधारण क्वारेन्टिनमा बसेका छन्। क्वारेन्टिनमा अधिकांश भारतबाट आएका मात्र बसिरहेका छन्।
काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...