२०८१ बैशाख ८, शनिबार
April 20, 2024, Saturday

डोटीका संक्रमित चार दिन देखि बच्चा र श्रीमती सहित जिल्ला अस्पतालको आइसोलेसनमा

डोटी । डोटी जिल्लामा पहिलो पटक एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । जेठ १२ गते बिहान भारतबाट गौरिफण्टा नाका हुँदै डोटी पुगेका शिखर नगरपालिका वडा नं. ३ का २५ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो ।

बच्चा र श्रीमती सहित भारतबाट आएका उनलाई १२ गते नै क्वारेण्टाइनमा राखिएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिष शाहले बताए ।

क्वारेण्टाइनमा रहेका संक्रमित शुक्रबार बच्चाको स्वास्थ्यमा समस्या देखिए पछि बच्चा, श्रीमती सहित जिल्ला अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका थिए । शिखर नगरपालिकाको एम्बुलेनस मार्फत उनिहरुलाई जिल्ला अस्पताल पु¥याइएको थियो । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।

संक्रमितको कन्ट्राक ट्रेसिङ भैरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए । संक्रमित संगै चार जना जिल्ला अस्पतालको आइसोलेसनमा रहेका छन् । संक्रमितकी श्रीमती र बच्चाको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको छ । उनिहरुको पुनः पिसिआर परिक्षण गर्ने तयारी भैरहेको छ ।

सोमबार धनगढी प्रयोगशाला मार्फत गरिएको परीक्षणमा सुदूरपश्चिमका १८ जनामा कोरोना पुष्टि भएको थियो ।

Related News

प्रभावकारी न्याय सम्पादन मेरो प्रमुख जिम्मेवारी : प्रधान न्यायाधीश
प्रभावकारी न्याय सम्पादन मेरो प्रमुख जिम्मेवारी : प्रधान न्यायाधीश
  • २०७७ जेष्ठ १९

दिपायल- प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले प्रभावकारी न्याय सम्पादन गर्नु आफ्नो...

TOP