२०८२ कार्तिक २९, शनिबार
November 15, 2025, Saturday

डोटीका क्वारेण्टाइनमा रहेका १५० जनाको आजै स्वाब संकलन गरिने

डोटी- जिल्लाका विभिन्न क्वारेण्टाइनमा रहेका एक सय ५० जनाको स्वाब संकलन गरिने भएको छ । शिखर नगरपालिका र पुर्विचौकी गाउँपालिकामा स्थापना गरिएका क्वारेण्टाइनहरुमा रहेकाहरुको आजै नमुना संकलगरी परिक्षणका लागि धनगढी पठाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय संग तीन सय किट भिटिएम मौजाद रहेको बताउदै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले आइतबार एक सय ५० जनाको स्वाब संकल गरी पिसिआर परिक्षणका लागि पठाउने तयारी भएको बताए । उनका अनुसार पहिलो चरणमा क्वारेण्टाइनको एउटा कोठामा बसेका दुई जनाको नमुना संकल गरी परिक्षण गरिने छ । किट उपलब्ध भयो भने क्वारेण्टाइनमा रहेका सबैको स्वाब परिक्षण गरिने छ ।

यो संगै जिल्लामा निधन भएकी सुत्केरी महिला र पितृ शोक परेका एक जनाको स्वाब संकलनको नमुना पनि पिसिआर परिक्षणका लागि धनगढी पठाइने भएको छ । भारतबाट आएर क्वारेण्टाइनमा बसेका पुरुषको पिसिआर रिपोर्ट भोली नै परिक्षण गरेर साँझ सम्म रिपोर्ट आउनेगरी धनगढी स्थित ल्यावमा समन्वय भैरहेको मलासीले बताए ।

आज प्रदेशबाट केही थान किटहरु पनि डोटीका लागि पठाइएको छ ।

Related News

उद्योग वाणिज्य संघले भन्यो – खप्तड केबलकारका लागि सङ्कलित रकम सुरक्षित छ 
उद्योग वाणिज्य संघले भन्यो – खप्तड केबलकारका लागि सङ्कलित रकम सुरक्षित छ 
  • २०७७ जेष्ठ १८

दिपायल – खप्तड केबलकार निर्माणका लागि सङ्कलन गरिएको रकमका विषयमा...

TOP