धनगढी – सानिमा रिलाइन्स लाइफ इन्स्योरेन्स कम्पनी लोमिटेड सुदूरपश्चिम प्रदेश कार्यलय धनगढीले संस्थाको ८औं वार्षिकोत्सवका अवसरमा तक्तदान कार्यक्रम आयोजना गरेको छ । सोमवार धनगढी स्थित कार्यालयको प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
रक्तदान कार्यक्रममा एकचालिस जनाले रक्तदान गरेको सानिमा रिलाइन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड धनगढीका प्रदेश कार्यक्रम प्रमुख गणेश उप्रेतीले वताएका छन ।
सानिमा रिलाइन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रदेश कार्यालयले नेपाल रेडक्रस सोसाइटी कैलालीको रक्त संचार कार्यालय संगको सहकार्यमा रक्तदान कार्यक्रम गरेको सानिमा रिलाइन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड धनगढीका प्रदेश कार्यक्रम प्रमुख गणेश उप्रेतीले बताएका छन ।
रक्तदान गर्नेमा सानिमा रिलाइन्स कम्पनीका विभिन्न शाखाका कर्मचारी, एजेन्सि म्यानेजर अन्य व्यक्तिहरुले गरेका थिए ।
रक्तदान गर्ने सवैलाइ प्रमाण पत्र प्रदान गरिएको थियो । सानिमा रिलाइन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ औं वार्षिकोत्सब अवसरमा सुदूरपश्चिमका अन्य शाखामा पनि रक्तदान कार्यक्रम भएको छ ।
दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...