२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026, Friday

नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुग्यो : एकैदिन थपिए ८३ जना संक्रमित

पालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ ।  मंगलवार थप २६ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अवेर राती थप २६ जनामा कोरोना संक्रमणको पुष्टी गरेको हो ।

योसंगै मंगलवार एकैदिन बिहान ५७ र राती २६ गरी ८३ जनामा कोरोना संक्रमण पुष्टी हुँदा कुल संख्या दुई सय १७ पुगेको छ ।

थप भएका संक्रमितहरूमध्ये पर्सा जिल्लाका छ जना महिला र १२ जना पुरूष गरी १८ जना, महोत्तरीका दुईजना पुरूष, धनुषाका एक महिला र एक पुरूष,भक्तपुरका एक महिला र एक पुरूष, काठमाण्डौँका एक महिला र सर्लाहीका एक जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनिहरू सबैको अवस्था सामान्य रहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

Related News

शिखर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा 
शिखर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा 
  • २०७७ बैशाख ३०

दिपायल – शिखर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका...

TOP