२०८२ फाल्गुन २८, बिहीबार
March 12, 2026, Thursday

विद्यालयमा विषेशज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन, ६७७ जनाले पाए सेवा


दिपायल ५ जेठ- सरस्वती मावि रानागाउँमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । केआइसिंह गाउँपालिका – ५ अन्तर्गत पर्ने उक्त विद्यालयमा ३ जना विषेशज्ञ डाक्टरसहित शिविर सञ्चालन गरिएको हो ।

सुजङ्ग अस्पतालको प्राविधिक सहयोग, सुजङ्ग स्कूल र कुमारी बैंकको प्रयोजन तथा सरस्वती माविको आयोजनामा सञ्चालित उक्त शिविरमा ६ सय ७७ जना बिरामीले निःशुल्क स्वास्थ्य सेवा लिएकाे सरस्वती माविका प्रधानाध्यापक मिन राणाले बताए ।

सुजङ्ग अस्पतालमा कार्यरत वरिष्ठ सर्जन (एमडी) डाक्टर सुभाष थापा मगर, हाडजोर्नी नशा रोग विषेशज्ञ (एमडी) डाक्टर सुरज उप्रेती र फिजिसियन (एम.वि.वि. एस) डाक्टर राजमणी यादवले स्वास्थ्य सेवा दिएका हुन् ।

सुजङ्ग अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरका अनुसार शिविरमा सहभागी ६ सय ७७ जना बिरामीमध्य ३ सय ९६ जना महिला र २ सय ८१ जना पुरुष बिरामीले सेवा लिएका थिए । स्वाथ्य सेवा लिने बिरामीहरु मध्य सबैभन्दा बढी हाडजोर्नीको समस्या भएका बिरामी फेला परेका थिए। हाडजोर्नीको समस्या भएका ३ सय ५० जना, महिला रोगको समस्या भएका एक सय ७५ जनाले स्वास्थ्य सेवा लिएका थिए । त्यस्तै सामान्य समस्या भएका एक सय ५२ जनाले सेवा लिएका थिए । शिविरमा १५६ जना बिरामीको भिडियो एक्सरे तथा ६१ जना बिरामीको इसिजी गरिएको बलायरले बताए ।

शिविरमा निःशुल्क उपचार, परामर्श तथा चेकजाँच गरिएको थियो । बिरामीहरुलाई निःशुल्क औषधि पनि वितरण गरिएको आयोजकले जनाएको छ । गम्भिरखाले बिरामीहरुलाई थप उपचारका लागि परामर्श दिइएको थियो । गम्भीर खाले समस्या देखिएका असक्त, असाहे गरिब परिवारका बिरामीहरूको अस्पतालले निःशुल्क थप उपचार गर्ने प्रशासन प्रमुख बलायरले बताए ।

शिविरमा विद्यालयका विद्यार्थी तथा स्थानीय बिरामीहरुले स्वाथ्य सेवा लिएका थिए ।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०८१ जेष्ठ ५

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP