२०८१ फाल्गुन ६, मंगलवार
February 18, 2025, Tuesday

स्थानीय तहबाट सिफारिस ल्याए काठमाडौंमा नि:शुल्क उपचार हुन्छ: मेयर बालेन

काठमाडौँ- काठमाडौँ महानगरपलिकाका प्रमुख बालेन शाहले नेपालका जुनसुकै पालिकाका गरिब तथा असहायको काठमाडौं महानगरले उपचार गर्ने बताएका छन्।

मेयर बालेनले आफूहरुसँग गरिब तथा असहायको उपचारका लागि ४३ अस्पतालमा ३२३ बेड रहेकाे बताएका छन्।

‘नेपालको जुनसुकै पालिकाको भएपनि अशक्त र गरिब नागरिक बिरामीहरुले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौं महानगर आउनुहोला, हामीसँग ४३ अस्पतालका ३२३ बेड आबद्ध छन्, त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ,’ आइतबार सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्।

उनले त्यसबारे टोल छिमेक वा आफन्तहरुलाई समेत जानकारी दिन आग्रह गरेका छन्। बालेनले त्यसबारे बिस्तृत जानकारीका लागि महानगरपालिकाको स्वास्थ्य बिभागको सम्पर्क नं. ११८० मा सम्पर्क गर्न समेत आग्रह गरेका छन्।

आवश्यक कागजातहरु :

– नेपाल सरकार/प्रदेश सरकार/स्थानीय सरकारले लक्षित वर्ग हो भनी जारी गरेको कागजात/परिचय पत्र
– राष्ट्रिय परिचयपत्र/नेपाली नागरिकता प्रमाण पत्र/जन्मदर्ता प्रमाणपत्र प्रतिलिपी र हालसालै खिचिएको फोटो
– रोग पहिचान भए सोको कागजपत्र
– अनुसूची-५ को आधारमा सम्बन्धित स्थानीय तहको वडाले लक्षित वर्ग हो भनी अनुसूची- ४ अनुसारको सर्जमिन गरेको कागज
– सम्बन्धित स्थानीय तहको वडा कार्यलयले उपचारको लागी अनुसूची- ३ अनुसारको सिफारिस गरेको पत्र,

– आकस्मिक कक्षमा आएका बखत उपचार खर्च नभएका गरिब, विपन्न तथा बेवारिसे विरामीले प्रारम्भिक स्वास्थ्य उपचार नि:शुल्क पाउने छन् ।

Related News

प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
  • २०८१ बैशाख १६

दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...

TOP