२०८२ फाल्गुन २८, बिहीबार
March 12, 2026, Thursday

सनसिटी अपार्टमेन्टका दुई कोरोना संक्रमित डिस्चार्ज

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जना कोरोनाभाइरस संक्रमित निको भएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बिहीबार दिउँसो उनीहरू आजै डिस्चार्ज भएको जानकारी दिए।

चैत पहिलो साता बेलायतबाट फर्किएका उनीहरूलाई केही दिनअघि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो। 

उनीहरूलाई वैशाख १ गते र्‍यापिड टेस्ट गर्दा कोरोनाभाइरसको एन्टिबडी पोजेटिभ देखिएको थियो। त्यही दिन उनीहरूलाई पाटन अस्पतालमा भर्ना गरिएको थियो। 

अस्पताल भर्ना भएको १० दिनपछि उनीहरू डिस्चार्ज भएका हुन्। नेपालमा कोरोनाभाइरसको संक्रमणपश्चात सबैभन्दा छिटो निको भएका यिनीहरू नै हुन्। 

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०७७ बैशाख ११

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP