२०८२ माघ १, बिहीबार
January 15, 2026, Thursday

कोरोनाबाट प्रवासमा २८ नेपालीको मृत्यु, १२ सय संक्रमित, बेलायतमा मात्रै १७ जनाको निधन

काठमाडौं, बैशाख ७ । कोरोना भाइरसका कारण विश्वभर २८ जना नेपालीको मृत्यु भएको छ । कोभिड–१९ बाट करिब १२ व्यक्ति संक्रमित बनेका छन् ।

गैरआवासीय नेपाली (एनआरएनए) का अनुसार शनिबार साँझसम्म मृत्यु हुने को संख्या २८ पुगेको हो । बेलायतमा मात्रै १७ जनाले ज्यान गुमाएका छन् ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड १९ उच्चस्तरीय समितिअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा १७, अमेरिका ८, युएई २, आयरल्याण्ड १ मा एक जनाको मृत्यु भएको हो ।

एनआरएनएको सचिवालयका अनुसार नेपालबाहेक विश्वभर १ हजार १ सय ६६ जना गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सक सम्मिलित समूहले तयार पारेको तथ्यांकमा २१ देशमा रहेका नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

संक्रमित हुनेमा सबैभन्दा बढी अमेरिकामा ७ सय रहेका छन् । यसैगरी युके २ सय, स्पेन १०, युएई ७१, जर्मनी ४, पोर्तुगल २२, अष्ट्रेलिया ११, आयरल्यण्ड २२,  साउदी अरब ४, कुवेत २१, फ्रान्स १, जापान १, मलेसिया ३, म्यानरमार १, बेल्जियम ४, क्यानाडा ३, स्वीट्डरल्याण्ड ५, मल्टा २, हङकङ १ रहेको एनआरएनएले जनाएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले बिहीबार साँझसम्म दुई दर्जनभन्दा बढी देशमा १०  हजारभन्दा बढी कोरोना पीडितका लागि संघले राहत वितरण गरेको जनाएको प्रेस संयोजक चिरन शर्माले बताएका छन् ।

twitter sharing button

Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०७७ बैशाख ७

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP