२०८१ आश्विन २३, बुधबार
October 9, 2024, Wednesday

महामारीविरुद्ध जुझिंरहेका डा. शेरबहादुर पुन कारबाहीमा

डा. शेरबहादुर पुन जसले भाइरोलोजीमा जापानबाट पिएचडी गरे, जसले टेकु अस्पतालमा १८ वर्षदेखि सेवा गरिरहेका छन, सुन्दा धेरैलाई आश्चर्य लाग्ला– उनी त्यहाँका स्थायी कर्मचारी होइनन । हो, उनी १८ वर्षदेखि करारमा छन । यो बीचमा उनले सार्स, मलेरिया, कालाजार, जापानिज इन्सेफ्लाइटिस, स्वाइनफ्लु, डेंगुजस्ता संक्रामक रोगको बहादुरीपूर्वक सामना गरे, पुरस्कारमा सरकारले उनलाई अस्पताल छाडेर मन्त्रालयमा हाजिर हुन भनेको छ । त्यो पनि देश र दुनियाँ कोभिडजस्तो महामारीविरुद्ध संघर्ष गरिरहेको वेला ।

गत बुधबार र बिहीबार टेकु अस्पतालका अधिकांश मेडिकल अफिसर आइसियूबारे तालिम लिन ह्याम्स अस्पताल गएका थिए । लगातार दुई दिन अस्पतालको ओपिडी डा. पुनले धानेको टेकु अस्पतालले जनाएको छ । अहिले सो अस्पतालमा कोभिड आशंका गरिएका बिरामी मात्रै आउने भएकाले पुन फुल पिपिई लगाएर बिरामी हेर्न बसेका थिए ।

त्यही वेला उता मन्त्रालयमा उनलाई बोलाएर जानकारी लिने तयारी भइरहेको थियो । कोभिड उपचार गर्ने देशको मुख्य अस्पताल टेकुका सरुवारोग विशेषज्ञ तथा क्लिनिकल रिसर्च युनिट संयोजक पुनले सञ्चारमाध्यममा कोभिडबारे लेखेको र बोलेको विषयमा मन्त्रालयले सोधपुछ गर्ने तयारी गरेको थियो । त्यसका लागि उनलाई फोन गरिएको थियो । ‘पिपिई लगाएर उपचारमा जुटेको स्वास्थ्यकर्मीले फोन उठाउन मिल्दैन, त्यो प्राविधिक रूपमा सम्भव छैन र अझ स्वास्थ्य प्रोटोकलले पनि त्यसो दिँदैन,’ डा. पुनले भने, ‘बिहीबार दिउँसो फोन आएको रहेछ, बेलुका मात्र थाहा पाएँ । मास मिडियामा किन बोलेको, किन लेखेको भनेर मन्त्रालयको चासो रहेछ ।’

आमसञ्चारका माध्यमबाट कोभिडविरुद्ध जनचेना फैलाएको विषयमा सोधपुछ गर्न मन्त्रालयले बोलाएको थियो । त्यसैले दिनभर बिरामीको सेवामा जुटेका डा. पुन साँझ घर गए । ‘मैले बोलेको विषयले देशमा केही भवितव्य परेको थिएन । फेरि रातिराति मन्त्रालय जाने कुरा भएन, शुक्रबार केही बिरामी हेरेर मन्त्रालय जाने सोच बनाएको थिएँ,’ उनले भने । तर, भन्नासाथ नआएको भनेर उनलाई पत्र नै लेखेर मन्त्रालयमा हाजिर हुन भनिएको छ ।

यसरी बिरामीको उपचारमा संलग्न चिकित्सकलाई २४ घन्टासमेत समय नदिई अहंकारपूर्वक कारबाही गरिएको छ । ‘२४ घन्टा पनि नबित्दै मलाई लिखित नै स्पष्टीकरण सोध्ने भनेर पत्र तयार पार्नुभएछ । मलाई त्यसरी हतोत्साही गराउन उहाँहरूले किन आवश्यक ठान्नुभयो, मैले बुझेको छैन । अन्योलमा छु,’ उनले भने । कोभिडबारे जनचेतना फैलाएको विषयमा चिकित्सकलाई कारबाही भएको विषयले सबैलाई आश्चर्यमा पारेको छ, ।

डा. पुनको योग्यता र विज्ञतालाई अन्तर्रा्ष्ट्रिय जगत्ले पनि पहिचान दिएको छ । संक्रामक रोगसम्बन्धी अन्तर्रा्ष्ट्रिय जर्नलमा शेरबहादुरका ‘पेपर’हरू प्रकाशित भइरहन्छन। उनी संक्रामक रोगबारे नेपाली मिडियामा पनि खुलेर बोल्छन । ‘डाक्टरको काम औषधिको प्रेस्क्रिप्सन लेख्ने मात्र होइन, रोग नै नलागोस् भनेर जनतालाई सचेत गराउनु हाम्रो दायित्व हो,’ उनी भन्छन ‘कोभिडजस्तो महामारीबारे चेतना एक–एकजनालाई भेटेर दिन सम्भव हुँदैन, मास मिडियाबाट जानुपर्छ ।’

उता डा. पुनको यो सामान्य तर्क पनि मन्त्रालयले बुझेको छैन । सूचना दिने पनि समय हुन्छ भन्छन् मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका प्रमुख रघुराम विष्ट । उनले भने, ‘जनतालाई सूचना दिने पनि समय हुन्छ । जथाभावी दिन आवश्यक छैन । एकद्वार प्रणाली हुन्छ । मन्त्रालयमा प्रवक्ता डा. विकास देवकोटाभन्दा अर्को व्यक्ति बोलेको छैन ।’ तर, प्रवक्ता देवकोटालाई भने डा. पुनलाई किन कारबाही गरिएको भन्ने पनि जानकारी ‘छैन’ ।

Related News

कञ्चनपुरमा स्रोत नखुलेको २५ लाख रकम बरामद
कञ्चनपुरमा स्रोत नखुलेको २५ लाख रकम बरामद
  • २०७७ बैशाख ७

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रम्हदेवबाट स्रोत नखुलेको २५...

TOP