२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

नियम पालना गरी कोरोना भगाऔं

भक्त बहादुर बलायर

१) सबैको मुखमा, मनमा कोरोनोको कुरा ।
समाचार हल्ला सुनी विश्व त्रसित पुरा ।।
२) राष्ट्रमा संकटकाल लकडाउन भयो ।
घटेका घटना सबै विश्व भरि गयो ।।
३) स्वास्थ्यकर्मी, डाक्टर, नर्स स्वयं प्रभावित ।
संक्रमित संसर्गका बन्छन् प्रतापित ।।
४) मानिसको कारणले मानिसमा सा¥यो ।
चमेरो सालक हुँदै मान्छे सरि मा¥यो ।।
५) मान्छेले सृजित गर्छ ठूला महामारी ।
प्रकृति विपरीत् गई दुःख पाउँछन् भारी ।।
६) विदेश भएका कति विदेश्मा तड्पेर ।
सिमाना रोकिए कति स्वदेश फर्केर ।।
७) रोजीरोटी बन्द भयो काम धन्दा बन्द ।
घरमा अनाज छैन कहाँ मिल्ने अन्त ।।
८) घरका घरमा भोका पर्देश क्वार्टरमा ।
घर आउने बिचै बाटा रोकिए बोर्डरमा ।।
९) मानिस सृजित कार्य मानिस सक्छ रोक्न ।
मानिस अगाडि सर्नु सबै कष्ट थेक्न ।।
१०) प्रकृति विनाश गर्न मानिस सर्दछ ।
कतै बम कतै आगो बिषादि छर्दछ ।।
११) कीट, पंछी, माछा, जन्तु जे जे पायो खान्छ ।
विचार नपु¥याई खाँदा कालका मुखमा जान्छ ।।
१२) मान्छेले मनमा क्रोध, इष्र्या, डाह भर्छ ।
नराम्रा विचार भरी आतंकित गर्छ ।।
१३) सबैलाई सुखमा राख्ने विचार् ल्याउनु पर्ने ।
कसरी सुख् मिल्छ अन्य त्यही कार्य गर्ने ।।
१४) धेरै कुरा कोरानोले सिकाउँदै जाँदैछ ।
नियममा नबस्ने मान्छे क्वाप्ल्याक्क खाँदैछ ।।
१५) साबुनले हात धुनु भिडभाड नगई ।
घरभित्र बसि राख्नु मनमा ढुक्क भई ।।
१६) जति गयो भिडभाड उति छिटो स¥यो ।
आपूm मात्र कहाँ होर घरमा बित्यास प¥यो ।।
१७) जानै परे मुखमा मास्क एक मिटरको दुरी ।
ठेलम ठेल नगरेर आफ्नो पालो कुरी ।।
१८) सबै बस्छन नियममा सुर्य, चन्द्र, पानी ।
नियम तोड्न गर्व ठान्ने मानिसको बानी ।।
१९) पहिलो मन्त्र कोरोनाको भिडभाड बन्द ।
घरमा सुरक्षित बस्नु नगएर अन्त ः ।।
२०) आइगयो विपत्ति सामु यसलाई टार्नु पर्छ ।
आपूmले नियममा चले अरु पनि गर्छ ।।
२१) ठूला ठूला माहामारी विश्वमा आएका ।
त्यतिखेर मानिसले खुब दुःख पाएका ।।
२२) ती घडी टरेर गए सबले नियम माने ।
यो घडी टरेर जान्छ सबले मनमा ठाने ।।
२३) नआत्तिएर दृढ भई नियम भित्र रही ।
कोरोना सामना गरौं एकजुट भई ।।
२४) सत्रसय बीस सन्मा प्लेग महामारी ।
तमाम मानिस मरे दुःख मिल्यो भारी ।।
२५) नियन्त्रण प्लेगलाई मानिसले ग¥यो ।
नियम पालना गर्न मानिस अघि स¥यो ।।
२६) अठार सौ बीस सन्मा हैजा फैलिगयो ।
मानिसको भागाभाग ठूलो क्षति भयो ।।
२७) त्यसमा पनि मानिसले टाढा बसी बाँचे ।
नियम पालना गरी खुुसी जीवन हाँसे ।।
२८) उन्नान्सय बीसमा आयो स्पानिस फ्लु ।
कसरी बाँच्ने हो भनी केही थिएन क्ल्यू ।।
२९) दुई हजार बीस सन्मा कोरोनाले छायो ।
प्रत्येक सौ वर्ष एउटा महामारी आयो ।।
३०) सबै ठूला महामारी मानिसले टारे ।
नियम माने औषधीले सबै शान्त पारे ।।
३१) कोरोना भगाउँछौ हामी एक जुट बनौं ।
आफु मानौ नियमलाई अरुलाई पनि भनौ ।।
३२) कागती अदुवा पानी गुर्जो र बेसार ।
सेवन गरौं घरमा बसांै नगरी हतार ।।
३३) दोस्रो विश्वयूद्धताका भिक्टर प््रmयाङ्कल जेल ।
परिवारसँगै जेलमा पैह्राई दियो नेल ।।
३४) जेलमा यातना ठूलो साथ्का साथी मर्थे ।
आपूm पनि मर्छु भनी अन्य सोची डर्थे ।।
३५) भिक्टर फ्रयाङ्कलकी स्वास्नी छोरा पनि मरे ।
विश्वलाई अनुभव साट्ने उनले विचार गरे ।।
३६) किताब लेख्ने विचार गरे अनुभव साँट्ने ।
मनको विशाल अठोट आधा दुःख काट्ने ।।
३७) म्यान्स सर्च फर मिनिङ भन्ने किताब लेखे ।
जेलका यातना विचार मनोविज्ञान पोखे ।।
३८) प्र्mयाङ्कलको सुझाव सब्लाई हरेस खानु हुन्न ।
मुटु दरो नियम पालन कैले दुःख हुन्न ।।
३९) मानिसको मृत्यु हुन्छ आशा टुट्यो भने ।
आशा छोडी कातर मन निरुत्साहित बने ।।
४०) आशा टुटे मानिसको दिमाग कमजोर गर्छ ।
रोगसँग लड्ने शक्ति क्षण भई मर्छ ।।
४१) मनमा सपना ठूलो हिम्मत ठूलो बाँधे ।
सब दुःख टाढा भाग्छन् मनमा साँच्चै आँटे ।।
४२) प्रेम, आशा, जिम्मेवारी कैले छोड्नु हुन्न ।
आफ्नु नै महत्व बुझ पूर्ण मानव बन्न ।।
४३) आपूm चिन किन हामी यो धर्तीमा आयांै ?
सबै कार्य गर्न सक्ने यस्तो जीवन पायौै ।।
४४) ईश्वरले सृष्टि गरे बाँकी कार्य गर्न ।
ईश्वर भन्छ अघि बढ नकि डराई मर्न ।।
४५) सकरात्मक सोचाई राखांै यो घडी जाने छ ।
मानिस अगाडि जस्तै निर्धक्क खाने छ ।।
४६) मनमा योजना बनाउँ भविष्यमा गर्ने ।
पुर्खाले लडेर आए हामी किन डर्ने ।।
४७) निषेधित कार्य गर्न हामी सबै त्यागौं ।
स्वास्थ्यकर्मी जे जे भन्छन् त्यसैमा नै लागौं ।।
४८) प्रकृतिको पुजा गरौ मानव धर्म पालौं ।
प्रकृतिका विरुद्ध गई जीवन नफालौं ।।
४९) जगाऔ मनमा आशा अरुको पनि जगाऔं ।
नियम पालना गरी कोरोनालाई भगाऔं ।।
५०) बाहिरवाट आउने पनि अलग्गै बसेर ।
अरुलाई नसारौ रोग घरभित्र पसेर ।।
५१) सिमाना वसेकालाई सरकार छिटो हेर ।
खाने पिउने वासस्थानको बन्दोबस्त गर ।।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ बैशाख ६

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP