२०८२ बैशाख २९, सोमबार
May 12, 2025, Monday

सुदूरपश्चिममा कोरोना शंकास्पद ८७ जना बिरामी डिस्चार्ज, संक्रमित ५ सहित १२ जनाको उपचार हुँदै

कैलाली । सुदूरपश्चिमका १३ वटा अस्पतालबाट कोरोनाका शंकास्पद ८७ जना बिरामी डिस्चार्ज भएका छन् । दुई महिनाको अवधीमा उनीहरुलाई अस्पतालहरुले डिस्चार्ज गरेको हो ।

सेती प्रादेशिक अस्पतालबाट ३४, डडेल्धुरा अस्पतालबाट १०, अछाम अस्पतालबाट ९, बयलपाटा अस्पतालबाट ८, महाकाली र डोटी अस्पतालबाट ६–६ र बैतडी अस्पताल र भजनी स्वास्थ्य चौकीबाट ३–३, बाजुरा अस्पताल, गोकुलेश्वर अस्पताल र चौमला स्वास्थ्य चौकीबाट २–२, कोल्टी स्वास्थ्य चौकी र बझाङ अस्पतालबाट १–१ जना गरी अहिलेसम्म ८७ जनालाई डिस्चार्ज गरिएको प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले जनाएको छ ।

यस्तै अहिले ५ जना संक्रमित सहित १२ जनाको विभिन्न अस्पतालको आईसोलेसन कक्षमा उपचार भईरहेको केन्द्रले जनाएको छ ।

सेती प्रादेशिक अस्पतालमा संक्रमित ५ सहित ७ जना तथा डडेल्धुरा, बैतडी, अछाम, बयलपाटा अस्पताल र चौमला स्वास्थ्य चौकीमा १–१ जनाको उपचार भईरहेको छ ।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०७७ बैशाख ५

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP