चक्र कुँवर, डोटी
कोरोना भाइसर रोकथाम तथा नियन्त्रका लागि डोटीका चार स्थानिय तहलाई स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरियको छ । मानविय सेवामा अनेकौं प्रयास नामक संस्थाले शनिवार सामाग्री हस्तान्तरण गरेको हो ।
डोटी जिल्लाका शिखर नगरपालीका, सायल गाउँपालीका, आदर्श गाउँपालीका र पुर्वीचौकी गाउँपालीकालाई सो सामाग्री अस्तान्तरण गरिएको संस्थाका अध्यक्ष भक्तराज राज जोशीले जानकारी दिए । उनका अनुसार प्रत्यक स्थानीय तहलाई सेनिटाइजर ९ सय वोतल, लाइवाइ सावुन १ हजार आठ पीस र सर्जिकल माक्स ६ हजार थान वितरण गरीयको जानकारी दिनु भयो । संस्थाले थप पुर्वीचौकीमा स्थापना भएको क्वारेन्टाइनलाइ ५० थान ब्लाङकेट र ५० थान म्याट पनि वितरण गरेको छ ।
स्वास्थ्य सामाग्रीहरु संस्थाका अध्यक्ष जोशीले शिखर नगरपालीकाका उपप्रमुख धौली देवी रावल, सायल गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत भरत नेपाली र वडा नम्वर ५ का अध्यक्ष गणेश वोगटी, आर्दश गाउँपालीकाका निमीत्त प्रमुख प्रसासकिय अधिकृत डवल भाँट र पुर्वीचौकी गाउँपालीकाको सामाग्री सानागाउको सरस्वती माध्यामीक विद्यालयमा त्यस क्षेत्रका विभिन्न राजनैतीक दलका नेता, जनप्रतीनिधीको रोहवरमा गाउँपालीका अध्यक्ष दिर्घराज वोगटीलाई हस्तान्तरण गरेको थिए ।
विपतको वेला संस्थाले उपलब्ध गराइको रामाग्रीले आफुहरुलाइ ठुलो सहयोग पुग्ने पुर्वीचौकी गाउँपालीकाका अध्यक्ष दिर्घराज वोगटीले जानकारी दिनु भयो । सामाग्री अस्तान्तरण कार्यक्रममा वोल्दै नेपाली काङग्रेस डोटीका नेता राप्रसाद उपाध्यायले सहयोग स्वरुप आपलब्ध भयका सामाग्रीको सहि सदुपयोग हुनु पर्ने बताए ।
पुर्वीचौकी गाउपालीकामा शनिबार ५० वेडको क्वारेन्टाइन पनि स्थापना गरिएको छ । सामाग्री अस्तान्तरण गर्दै अध्यक्ष जोशीले कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि थप सामाग्री आवस्यक परे उपलब्ध गराउने बताए ।
काठमाडौं – नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा...