२०८२ फाल्गुन ३०, शनिबार
March 14, 2026, Saturday

डोटीका चार स्थानिय तहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

चक्र कुँवर, डोटी

कोरोना भाइसर रोकथाम तथा नियन्त्रका लागि डोटीका चार स्थानिय तहलाई स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरियको छ । मानविय सेवामा अनेकौं प्रयास नामक संस्थाले शनिवार सामाग्री हस्तान्तरण गरेको हो ।

डोटी जिल्लाका शिखर नगरपालीका, सायल गाउँपालीका, आदर्श गाउँपालीका र पुर्वीचौकी गाउँपालीकालाई सो सामाग्री अस्तान्तरण गरिएको संस्थाका अध्यक्ष भक्तराज राज जोशीले जानकारी दिए । उनका अनुसार प्रत्यक स्थानीय तहलाई सेनिटाइजर ९ सय वोतल, लाइवाइ सावुन १ हजार आठ पीस र सर्जिकल माक्स ६ हजार थान वितरण गरीयको जानकारी दिनु भयो । संस्थाले थप पुर्वीचौकीमा स्थापना भएको क्वारेन्टाइनलाइ ५० थान ब्लाङकेट र ५० थान म्याट पनि वितरण गरेको छ ।

स्वास्थ्य सामाग्रीहरु संस्थाका अध्यक्ष जोशीले शिखर नगरपालीकाका उपप्रमुख धौली देवी रावल, सायल गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत भरत नेपाली र वडा नम्वर ५ का अध्यक्ष गणेश वोगटी, आर्दश गाउँपालीकाका निमीत्त प्रमुख प्रसासकिय अधिकृत डवल भाँट र पुर्वीचौकी गाउँपालीकाको सामाग्री सानागाउको सरस्वती माध्यामीक विद्यालयमा त्यस क्षेत्रका विभिन्न राजनैतीक दलका नेता, जनप्रतीनिधीको रोहवरमा गाउँपालीका अध्यक्ष दिर्घराज वोगटीलाई हस्तान्तरण गरेको थिए ।

विपतको वेला संस्थाले उपलब्ध गराइको रामाग्रीले आफुहरुलाइ ठुलो सहयोग पुग्ने पुर्वीचौकी गाउँपालीकाका अध्यक्ष दिर्घराज वोगटीले जानकारी दिनु भयो । सामाग्री अस्तान्तरण कार्यक्रममा वोल्दै नेपाली काङग्रेस डोटीका नेता राप्रसाद उपाध्यायले सहयोग स्वरुप आपलब्ध भयका सामाग्रीको सहि सदुपयोग हुनु पर्ने बताए ।

पुर्वीचौकी गाउपालीकामा शनिबार ५० वेडको क्वारेन्टाइन पनि स्थापना गरिएको छ । सामाग्री अस्तान्तरण गर्दै अध्यक्ष जोशीले कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि थप सामाग्री आवस्यक परे उपलब्ध गराउने बताए ।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०७६ चैत्र २९

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP