डोटी- नेपाल भित्रै र बाह्य मुलुकबाट आएर डोटीका विभिन्न क्वारेण्टाइनमा बसेका दुई सय ४० जनार्को र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) गरिएको छ । र्यापिड टेस्ट गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार शुक्रबार दुई सय १३ जनाको र शनिबार २७ जनाको आरडीटी टेस्ट गरिएको हो । शुक्रबार डोटीका बोगटान फुड्सिल, सायल, आदर्श र बडीकेदार गाउँपालिकाका दुई सय १३ जनाको टेस्ट गरिएको हो । जसमध्ये २२ जना महिला र एक सय ९१ जना पुरुष रहेका छन् ।
आदर्शमा दुई महिला सहित २५, बडीकेदारमा एक महिला सहित ६३, सायलमा पाँच महिलासहित २५ र बोगटान फुड्सिलमा १४ महिलासहित एक सय जनामा उक्त परीक्षण गरिएको स्वास्थ्य कार्यालय, डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए ।
त्यस्तै शनिबार दिपायल सिलगढी नगरपालिमा दुई महिला सहित २६ र सायल गाउँपालिकामा एक गरि २७ जनाको आरडीटी टेस्ट गरिएको छ । आरडीटी टेस्ट गरिएका सबैको रिपोर्ट नेगेटिभ आएका स्वास्थ्य कार्यालयले जनाएको छ ।
काठमाडौं – नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा...