२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

सुदूरपश्चिममा दिनको दश जनाको मात्र स्वाब परीक्षण गर्ने क्षमता

सुदूर पश्चिम प्रदेशमा पछिल्लो समय ढेड लाखभन्दा धेरै मानिस भारतबाट आएका छन्।उनीहरूमध्ये कतिमा कोरोनाको संक्रमण भएको आशंका छ। शनिबारमात्रै भारतबाट आएका दुई जनामा कोरोनाको संक्रमण देखिएको छ।

त्यसमध्ये एक जना संक्रमितबाट उनकी भाउजुलाई पनि संक्रमण सरेको छ।  त्यसैले सुदूर पश्चिममा परीक्षणको दायरा फराकिलो बनाउनु एकदमै जरूरी छ।

तर यो प्रदेशकै लागि धनगढीमा परीक्षण गर्ने एउटामात्र पिसिआर मेसिन छ।

चीनबाट भर्खरै ल्याइएको यो मेसिनले दैनिक १० वटा नमूनामात्र परीक्षण गर्न सक्छ। यसले सुदूरपश्चिममा गर्नु पर्ने टेष्टिङलाई कसरी धान्छ? अहिले त गम्भीर लक्षण देखिएकाको मात्र परीक्षण भइरहेको छ। समयमै संक्रमितहरूको पहिचान गर्न र यसलाई फैलिन नदिन थप परीक्षण गर्नु पर्ने जरूरी छ।

त्यसका लगि यहाँको पिसिआर मेसिनले मात्र धान्दैन। तत्काल परीक्षण क्षमता बढाउनु पर्छ। लक्षण नदेखिए पनि शंकास्पदलाई परीक्षण गर्नुपर्छ। आजैमात्र दुई जनामा बिनाकुनै लक्षण संक्रमण पुष्टि भयो। अब हामी लक्षण कुरेर नै बस्ने?

त्यसो गर्नु महाभुल हुनेछ।

भारतबाट ठूलो संख्यामा आएका नेपाली कैलाली, कञ्चनरपुरका साथै विभिन्न पहाडी जिल्लामा छरिएर बसेका छन्।

उनीहरूले सुदूर पश्चिमभरि संक्रमण फैलाउन सक्छन्। त्यसैले सकेसम्म भारतबाट आएका सबैको परीक्षण गर्नुपर्छ। लक्षण कुरेर बस्नु हुँदैन।

हामीले धनगढीको क्वारेन्टाइनमा ४० जना भारतीय श्रमिकलाई राखेका छौं। बाहिरबाट आएका नेपालीहरू होम क्वारेन्टाइनमा छन्। भारतबाट आएका धनगढीमा मात्र तीन सय बढी छन्। उनीहरू कसैको परीक्षण गरिएको छैन। गौरीफन्टा नाकाबाट ५० हजार बढी मान्छे पहाडी जिल्लाहरूमा गएका छन्।

त्यही नाकाबाट आएका एक जनालाई संक्रमण देखिइसक्यो। हामी परिक्षणको दायरा बढाउन ढिलो नगरौं।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७६ चैत्र २२

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP