२०८२ फाल्गुन २८, बिहीबार
March 12, 2026, Thursday

सुदूरपश्चिमका थप तिन जनामा कोरोना संक्रमण : देशभर संक्रमितको संख्या नौं पुग्यो

सुदूरपश्चिमका तिन जनामा कोरोना संक्रमण देखिएको छ । भारतबाट फर्किएका दुई जना र चौथो संक्रमितकी आफन्त एक जना महिलामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषकी आफन्त एक जना महिलामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीका अनुसार तीनै जना आइसोलेसनमा छन् । उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । संक्रमित महिला चौथो संक्रमित व्यक्तिका भाउजु हुन् । सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । योसँगै नेपालमा कोरोनाको संक्रमितको संख्या नौ पुगेको छ ।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०७६ चैत्र २२

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP