
काठमाडौं – मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा मेडिकल कलेज सञ्चालन गर्नका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ ।
प्रदेशको पहाडी जिल्ला डडेल्धुरा जिल्लामा मेडिकल कलेज सञ्चालनका लागि सहमति दिने निर्णय गरेको हो ।
सोमबार बसेको बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त प्रस्तावमा सैद्धान्तिक सहमति प्रदान गरेको हो ।
डडेल्धुरा प्रधानमन्त्री शेर बहादुर देउवाकाे गृह जिल्ला हो । मन्त्रिपरिषद् बैठकमा स्थानीय निर्वाचनको बारेमा भने केही कुरा नभएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार नेपाली सेनाको रथी दरबन्दी थपको विषयमा पनि मन्त्रिपरिषद्मा छलफल हुन सकेन ।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...