२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

सावुन, माक्स र पानी ट्याङ्की सहित वडाध्यक्षको टोली घर–घरमा

डोटी– दिपायल सिलगढी नगरपालिका–४ का वडाध्यक्ष, सदस्य तथा कर्मचारीको टोली सावुन, माक्स र पानी ट्याङ्की सहित घर–घरमा पुेकोछ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन चनचेतना सहित घरघरमा पुगेका हुन् ।

टोलीले हरेक घरमा माक्स र सावुन वितरण गर्नुका साथै वडाका १३ वटा टोलमा हातधुन सावुन र पानी ट्याङ्की राखेको छ । वितरण गरिएका माक्स नगरपालिकाले सहयोग गरेको थियो । सावुन र ट्याङ्की वडाले उपलब्ध गराएको हो ।

जनताहरुमा सावुन पानिले हात धुने र बाहिर निस्कदा माक्स लगाउँने बानीको बिकास होस् भनेर उक्त सामग्रीहरु बितरण गरिएको वडाध्यक्ष बिरेन्द्र शाहले बताए । उनले सामग्री बितरण संगै कोरोना भाइरस, सर्ने प्रक्रिया, लक्षण र बच्ने उपायका बारेमा समेत वडाबासिलाई जानकारी दिएको बताए ।

वडाले वडाबासिलाई जरुरी अत्याबस्यक काम बाहेक बाहिर ननिस्किन र भिडभाड नगर्न समेत अनुरोध गरेको छ ।

Related News

नेकपाले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा माग्ने तयारी
नेकपाले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा माग्ने तयारी
  • २०७६ चैत्र १९

नेकपाले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा माग्ने तयारी धनगढी —...

TOP