२०८३ आश्विन २४, शनिबार
October 10, 2026, Saturday

बाह्य व्यक्तिलाई डडेल्धुराको गाउँमा प्रवेश निषेध

डडेल्धुरा– अमरगढी २ डबरबाटाका युवाले गाउँमा बाह्य व्यक्तिलाई प्रवेश निषेध गरेका छन्।

विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस संक्रमणबाट गाउँलाई बचाउन बाह्य व्यक्तिलाई प्रवेश निषेध गरिएको हो।

भारत लगायत अन्य ठाउँबाट मानिस जथाभावी गाउँमा प्रवेश गरिरहेकाले गाउँमा कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै युवाले यस्तो गर्न बाध्य भएको बताएका छन् ।

भारतबाट स्वास्थ्यजाँच नगरी छिमेकी गाउँमा मानिस प्रवेश गरिसकेकाले प्रवेश निषेध गरिएको शिवम भण्डारीले बताए।

अमरगढी नगरपालिका २ र ३ मा भारतबाट आएका युवा क्वारेन्टाइनमा बस्न अटेर गरिरहेका छन्। सीमा क्षेत्रमा जाँच गरेर घर फर्किएकालाई जनप्रतिनिधि घरघरमा गएर सम्झाइबुझाई गरिरहेका छन्। रासस

Related News

डोटी कांग्रेसको बिपी र सिद्धराज स्मृति भवनको उद्घाटन 
डोटी कांग्रेसको बिपी र सिद्धराज स्मृति भवनको उद्घाटन 
  • २०७६ चैत्र १९

दिपायल – नेपाली कांग्रेस डोटीको बिपी र सिद्धराज स्मृति भवनको...

TOP