२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

शिक्षकको घोषणा : पोशाक भत्ता कोरोना राहत कोषलाई

कैलाली– कोरोना कहर बढिरहेका बेला कैलालीका एक जना सरकारी कर्मचारीले पोशाक भत्ता नलिने घोषणा गरेका छन् । कैलालीको धनगढीका स्थायी बासिन्दा तीर्थराज भण्डारीले आफूले पाउने सरकारी पोशाक भत्ताबापतको रकम नेपाल सरकारले निर्माण गरेको कोरोना राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।

गणेश माध्यमिक विद्यालय सुर्यविनाकय नगरपालिका सिपाडोल भक्तपुरमा अध्यापन गराउँदै आएका भण्डारीले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्,‘देश संकटमा परेको बेला २०७७ सालमा विद्यालयमा पुरानै कपडा लगाई आफूले पाउने पोशाक भत्ता बापतको दस हजार रुपैयाँ कोरोना राहत कोषका लागि सरकारलाई सहयोग गर्ने निर्णय गरेँ ।’

उनको यो मनकारी भावनाले सरकारी जागिरे मात्रै नभई सम्पूर्ण आम नेपालीलाई प्रेरणा दिलाएको छ । उनले भने,‘मैले पाउने भत्ताले कोरोनाको उपचार गर्ने चिकित्सकका लागि एक जोर पीपीई आउन सक्छ भने मैले किन सहयोग नगर्ने ?’

Related News

नेकपाले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा माग्ने तयारी
नेकपाले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा माग्ने तयारी
  • २०७६ चैत्र १६

नेकपाले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा माग्ने तयारी धनगढी —...

TOP