२०८३ असार २, मंगलवार
June 16, 2026, Tuesday

विहान वेलुका खाद्यान्न पसल खोल्न र होम डेलिवरी गर्न प्रशासनको अनुरोध

डोटी – जिल्ला प्रशासन कार्यालय डोटीले व्यपारीहरुलाई विहान वेलुका खाद्यान्नका पसलहरु खोल्न अनुरोध गरेको छ । आइतबार सूचना प्रकासन गर्दै प्रशासनले दैनिक उपभोग्यका सामग्रीहरु समयमै आपूर्ती गर्न र आवस्यकता अनुसार पिकप जिप, भ्यान जस्ता साना सवारी साधनमार्फत होम डेलिवरीको व्यवस्था गर्न समेत अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलद्वारा हस्ताक्षरित सूचनामा सामान खरिद बिक्रि गर्दा सामाजिक दुरि कायम गर्नु पर्ने उल्लेख छ । सूचनामार्फत जिल्लामा दैनिक उपभोग्यका सामग्रीहरुको अभाव हुन नदिन समयमै स्टक सामग्रीको एकीन, सम्भावित माग र आवस्यकताको पूर्वानुमान गरी सामग्री संचय गर्न र आपूर्ती ब्यवस्थापन गर्न उद्योग वाणिज्य संघ, चेम्वर अफ कमर्स र व्यापारिलाई अनुरोध गरेको छ ।

प्रशासनले लकडाउन समयावधि व्यथित हुँदै जाँदा जिल्लामा जण्डै एक महिनालाई पुग्ने दैनिक उपभोग्यका सामग्री बजारमा स्टक रहदा रहदै पनि जिल्लामा त्यस्ता सामग्रीहरुको अभाव हुँदै जाने अवस्था देखिएकाले समयमै आपूर्ती गरी स्टक राख्न भनेको छ ।

साथै कोरोना भाइरसको फैलदो संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न मुलुकभर नै लकडाउन गर्ने गरि भएको निर्णय कार्यान्वयनकोे चरणमा भएकाले सर्वसाधारणलाई अत्यावस्यक काम बाहेक घर बाहिर नननिस्किन अनुरोध गरेको छ । सूचनामा लकडाउनको अवज्ञागरी प्रहरी प्रशासनलाई निर्मम वन्न पर्ने अवस्था सृजना नगरि लकडाउनको पुर्ण पालना गर्न समेत उल्लेख गरिएको छ ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७६ चैत्र १६

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP