सुदूरपश्चिम प्रदेश सरकारले डोटी, बैतडी र धनगढीमा कोरोना भाइरस (कोभिड १९) प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा शनिबार मन्त्री परिषदको आपतकालीन बैठक बसेर उक्त निर्णय गरेको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले कैलाली र कञ्चनपुर लक्षित गरी धनगढीमा, डोटीमा अछाम र बाजुरालाई लक्षित गरी डोटीमा र बैतडीमा बझाङ, र दार्चुलालाई लक्षित गरी बैतडीमा प्रयोगशाला स्थापना गर्ने निर्णय भएको जानकारी दिए । शिखर समाचार संगको कुराकानिमा उनले कोरोनाको रोकथाम र नियन्त्रणका लागि तिनै ठाउँमा अत्याधिक सुबिधा सम्पन्न प्रयोगशाला यथाशिघ्र स्थापना गर्ने निर्णय गरिएको बताए ।
कोरोनाका आशंका गरिएका व्यक्तिको थ्रोट स्वाब परीक्षणका लागि तीनै ठाउँको प्रयोगशालालाई तत्काल सञ्चालनमा ल्याउने सरकारको योजना रहेको छ ।
साथै बैठले कोरोनाको रोकथाम र नियन्त्रणका लागि ४० करोडको कोरोना भाईरस जोखिम नियन्त्रण उपचार तथा व्यवस्थापन कोष स्थापना गर्ने समेत निर्णय गरेको छ । उक्त कोषमा रकम जम्मा गर्न आम संघसंस्था, व्यवसायी र सर्वसाधारण लगायतका सहयोगी दातालाई सरकारले अपिल गरेको छ ।
त्यसैगरी निरपेक्ष गरीवीको रेखामुनीमा रहेका र मजदुरी गुमेका ज्यालादारी गर्ने व्यक्तिको मापदण्ड बनाई आर्थिक सहायताको प्याकेज प्रदान गर्ने समेत बैठकले निर्णय गरेको मन्त्री बोहराले बताए ।
बैठकले सुदूरपश्चिममा कोरोना रोकथामका लागि हरेक दिन भएका प्रयास र अवस्थाका विषयमा सामाजिक विकास मन्त्रालयले सार्वजनिक गर्ने निर्णय गरेको छ । स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउन प्रदेश सरकारले बिशेष सुबिधा समेत प्रदान गर्ने निर्णय भएको बताइएको छ ।
कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...