जनकपुरधाम– विश्वभर महामारीको रुपमा फैलिँदै गएको कोराना भाइरस (कोभिड–१९)को जोखिमलाई मध्यनजर गर्दै प्रादेशिक अस्पताल जनकपुर आकस्मिक तथा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेर कोरोनाको उपचारमा केन्द्रित हुने भएको छ।

कोरोनाको रोकथाम तथा नियन्त्रण गर्न अस्पतालले दिँदै आएको सम्पूर्ण सेवा तत्कालको लागि बन्द गरेर अब कोरोनातर्फ मात्र केन्द्रित हुने अस्पतालले जनाएको छ।
अस्पतालले सम्पूर्ण वार्डहरु मर्ज गरी सीमित वार्ड मात्र सञ्चालनमा ल्याएको अस्पतालका प्रमुख डा.नागेन्द्र यादवले जानकारी दिए। उनका अनुसार अस्पतालसँग सम्बन्धित सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी लगायत, प्रशासनिक कर्मचारीहरुको ‘रिजर्भ पुल’ निर्माण गरिको छ।
जनकपुर नर्सिङ क्याम्पस, पोषण पुनर्स्थापना गृह, एआइटी सेन्टर, सम्पूर्ण वार्ड तथा अन्य सबै तहका चिकित्सक, पारामेडिक्स, प्रशासनिक कर्मचारी लगायत कार्यालय सहायक तथा स्वीपरहरुको रिजर्भ पुल निर्माण गरिएको हो।
त्यही टोलीबाट फिभर क्लिनिक, इमर्जेन्सी आइसोलेसन वार्ड र सम्भावित कोभिड–१९ आईसीयू सञ्चालन गर्न सबैलाई काममा खटाइएको डा.यादवले अस्पताल मातहतका निकायलाई लेखेको पत्रमा उल्लेख गरिएको छ।
आइतबारदेखि सम्पूर्ण कर्मचारीहरुलाई अस्पतालमा अनिवार्य रुपले उपस्थित हुन डा. यादवले निर्देशन समेत दिएका छन्।
प्रादेशिक अस्पताल जनकपुरले अहिले सम्पूर्ण सेवा बन्द गर्दै कोरोनातर्फ मात्र केन्द्रित हुने बताए पनि उच्च ज्वरोका बिरामीलाई कुनै जाँच बिना नै क्वारेन्टाइनमा पठाउँदै आएको छ।
दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...