डोटी – विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिममा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकार रहेकाछन् । सबैको सम्पर्क , सहकार्य नियन्त्रण, सुरक्षा, सुचना प्रवाह र उपचारमा खटिनु पर्ने भएका बढी जोखिम देखिन्छ । त्यसै माथि नेपलमा सुरक्षित सामग्री, पिपिई लगायतको अभावले झन् जोखिम बढेको छ ।

कोरोना आशंका गरिएका व्यक्तिहरु, लक्षण देखिएका व्यक्ति, बाह्यमुलुकबाट आएका व्यक्तिहरु, क्वारेण्टाइनमा रहेका व्यक्तिहरु, विभिन्न सरोकारवाला व्यक्तिहरु, व्यापारीहरु लगायत लकडाउँनको अव्यज्ञा गर्ने व्यक्तिहरुको बढी सम्पर्क र घुलमिलमा रहनु पर्ने भएकाले पनि उच्च जोखिम देखिएको हो । सरकारले नीजि तथा सरकारी अस्पतालहरुलाई कोरोना संक्रमणको उपचार गर्न निर्देशन दिएपनि सेल्फ सुरक्षाका सामग्रीको अभनवले स्वास्थ्यकर्मीहरु सबै भन्दा बढी जोखिम रहेकाछन् ।
‘हामिले कोरोना बिरामीका लागि भनेर अस्पतालमा दुई वेडको आइसोलेसन कक्ष स्थापना गरेकाछौं, सामुदायिक सुजङ्ग अस्पतालका प्रशासन प्रमुख अजुर्न बलायरले भने,‘हामी संग आफु सुरक्षित हुँने सामग्री नै छैन । यो भन्दा पहिला हामिलाई पिपिइ, थर्मोगन लगायतको आवस्यकता पर्दैनथियो । अहिले अवास्यकता छ, खरिद गर्न चाहनछौं तर कहीँ पाइराखेको छैन ।’ उनले कोरोना संक्रमितको लक्षण देखिएका बिरामी आइहाले पनि ढुक्कले स्वास्थ्य उपचारमा खटिन सक्ने अवस्था नरहेको बताउँदै सरकारले जतिसक्दो चाँडो देशका सबै अस्पतालहरुमा चिकित्सकहरुको सुरक्षाका लागि चाहिने सामग्रीहरु उपलब्ध गराउँनु पर्ने बताए । उनले थपे,‘सरकारले हामिलाई पिपिइर्, थर्मोगन, माक्स ग्लोव्स, किटनासक स्प्रे जस्ता सामग्रीहरु सहजरुपमा देशैभर पाउँने बाताबरण सृजना गरिदिनु प¥यो हामी कोरोना भाइरस संग लड्न, जनस्वास्थ्य जोगाउँन रातदिन खटिन तयार र्छौ ।’
जिल्ला अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. ज्योती पाण्डेले स्वास्थ्यकर्मीहरुले भाइरसको उच्च जोखिमका बाबजुत स्वास्थ्य सेवा दिनु पर्ने बाध्यता रहेको बताइन् । उनले भाइरसका कारण विश्वका अन्य मुलुकमा पनि स्वास्थ्यकर्मीहरुले ज्यान गुमाईसकेको बताउँदै उच्चसतर्कताका साथ काम गर्न अनुरोध गरिन् । उनले भनिन्,‘हामि संग थोरै मात्रामा पिपिइ सेट उपलब्ध छ । सबै स्वास्थ्यकर्मीका लागि उपलब्ध गराउँन सकिएको छैन । पिपिई संगै स्वास्थ्यकर्मी आफु सुरक्षित रहेर काम गर्न अझै अन्य सामग्रीहरुको पनि आवस्यकता रहेको छ । यसको व्यवस्थापका लागि सरकारले चाँडै पहल गर्न आवस्यक रहेको छ ।’
डा.पाण्डेका अनुसरा पिपिइ लगातका सेल्फ सुरक्षाका सामग्री स्वास्थ्यकर्मीलाई मात्र नभै अस्पतालका सबै कर्मचारी र मिरामीहरुका लागि आवस्यक पर्दछ । पिपिइले आफु सुरक्षित हुनका साथै अरुमा भाइरस फैलिन नदिन समेत मदत गर्दछ ।
चोपडा अस्पताल प्रालि दिपायलका सञ्चालन हिक्मत सिंह चोपडाले बजारमा अस्पताललाई चाहिने सामान्य सामग्रीहरु पनि नपाएको गुनासो गरे । उनले भने,‘पिपिइ सेटको कुरो त परै छोडौं माक्स, ग्लोव्स, सेनेटाइजर, थर्मो गन लगायतका सामग्री पनि पाउँन सकिएको छैन । जहाँ कन्ट्याक गरे पनि अभाव छ मात्रै भन्छन् । सरकारले सहज उपलब्ध हुने बताबरण मिलायो भने खरिद गरौंला भनेर सरकारको मुख ताकेर बसेकाछौं ।’
सरकारले पहल नचाले सम्म सामग्री उपलब्ध हुने अन्य कुनै बिकल्प नै छैन । भारतमा समेत अडरगर्दा पाईराखेको छैन चोपडाले भने,‘स्वास्थ्यकर्मीलाई सेफ्टिको व्यवस्था नहुन्जेल रिक्समा काम लगाउँन गाह्रो छ । सरकारले चाँडै स्वास्थ्य संस्थालाई चाहिने सामग्रीको सहज आपुर्ति हुने व्यवस्था मिलाउँनु पर्छ ।’
सुरक्षार्कीहरु पनि जोखिमका बिच परिचालन गर्नु परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलिप सिंह देउवाले बताए । उनले सुरक्षाकर्मीहरु भाइरसको उच्च जोखिममा रहेको बताउँदै निस्चत दुरि कायम गरेर काम गर्नु पर्ने बाध्यता रहेको बताए ।
डोटीका तिन सय बढी क्वारेण्टाइनमा बसेकाहरुको निगरानी, लकडाउँनको पालना, बिभिन्न ब्यक्तिको सुरक्षा, बिभिन्न अस्पताल र जनचेतना फैलाउँन सुरक्षकर्मी खटाइएको छ । ति सबै सुरक्षाकर्मीहरु संग माक्स मात्रै छ । उनिहरुलाई अस्पतालहरुले ग्लोब्स सम्म उपलब्ध गराउँने गरेकाछन् ।
‘बिरामी देखी सबै ब्यक्तिहरुको सम्पर्क, समन्वयमा रहने सुरक्षाकर्मीहरुले लकडाउँनको पालना नगर्ने, क्वारेण्टाइनमा बस्न नचाने, भाइरसको आशंका लागेकाहरु अस्पताल जान नमान्नेलाई नियन्त्रणमा लिनु पर्ने हुन्छ । देउवाले भने,‘आफु जोखिममा रहेर नियन्त्रणमा लिनुपर्ने बाध्यतारहेको छ । अहिलेको समयमा सुरक्षाकर्मीलाई पिपिइ, ग्लोब्स, माक्स, किटनासक स्प्रे अति आबस्यक रहेको छ ।’
पत्रकार महासंघका केन्द्रिय सदस्य मिन बलमे पत्रकारहरु पनि कोरोना भाइरसको उच्च जोखिममा रहेको बताए । उनले पत्रकारहरुलाई सकेसम्म घरबाटै फोन तथा इन्टरनेटको प्रयोगबाट सुचना संकलन गरि सम्प्रेसण गर्न अनुरोध गरे । समाचार सामग्री संकलनका लागि बाहिर जानै परे सम्बन्धित मिडिया हाउस अथवा सरकारी निकायबाट सुरक्षित सामग्री लिइएर मात्रै आफु सुरुक्षित हुने गरि रिपोर्टिङ्गमा जान समेत अनुरोध गरे ।
केन्द्रिय सदस्य बमले,‘यस्तो संकट तथा महामारिको बेला सत्य तथ्य आधिकारिक सुचना सम्प्रेसण गर्नु मिडियाकर्मीको कर्तव्य हुने बताउँदै कर्तव्य संगै आफ्नो स्वास्थ्य सुरक्षाको पनि ख्याल गर्न जरुरि रहेको बताए । शिखर समाचार संगको कुराकानीमा उनले मिडियाकर्मीहरुका लागि पनि सरकारले पिपिइ, किटनासक, माक्स, ग्लोव्सको व्यवस्थ गर्नुका साथै सहज रुपमा सुचना पाउँने व्यवस्था मिलाउँन माग गरे । उनले पत्रकारहरुलाई सकभर प्रतक्ष अन्तरबार्ता, अडियो भिडियो बाइट लिने जस्ता कार्य नगरेर इण्टरन फोनको प्रयोगबाट लिन अनुरोध गर्दै बाइट लिनै परे निष्चित दुरि कायम गरेर लिन सुझाव दिए ।
दिपायल – शिखर नगरपालिकाले नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा आज (बुधबार)...