डोटी : कोरोनाको औषधि भेटिने आशमा घर–घरमा आँगन खनिएको छ । बुधबार राती अपरिच नम्बरहरुबाट फोन आएपछी बिहान उठ्ने बित्तिकै धेरैजनाले घरको आँगन खनेकाहुन् ।
भ्रमपुर्ण फोनमा एकले अर्कोलाई फोन गर्दै उज्यालो नहुँदै आँगन खन्ने सन्देश दिएका थिए । फोन गर्ने व्यक्तिले भन्दै थिए ,‘ घरको मूल ढोका अगाडिको दायाँतर्फ आँगनमा उज्यालो नहुँदै खन्नुहोस् त्यहाँ कालो अँगारजस्तो वस्तु भेटिने छ । त्यसको घरपरिवार सबैका निधारमा तिलक लगाउनुहोस् त्यो कोरोनाको औषधी हो ।’ फोनको सन्देश जस्तै सुदूरपश्चिम लगायत अन्य प्रदेशबासीले पनि आँगन खोतलेको सामाजिक सञ्जालमा चर्चा चलेको छ ।
सामाजिक सञ्जालमा फोन सन्देश जस्तै कोइला भेटिएको दाबी गर्दै धेरै जसोले तस्विरहरु पोष्ट गरेकाछन् । शिखर नगरपालिकाका मान बहादुर बलायरले आँगन खन्दा फोन सन्देशमा भने जस्तै कोइला भेटीएको सामाजिक सञ्जालमा लेखेकाछन् । उनको गाउँका धेरै जसो छिमेकीले आँगन खन्दा फोनमा भने जस्तै काइला निस्केपछि त्यसैगरी परिवारका सबैको निधारमा लगाइएको छ ।
जोरायल गाउँपालिकाका तीर्थराज भट्टले फेसबुकमा लेखेकाछन्,‘ मध्य रातमै फोन आयो फोन रिसिभ गरेँ, फोनमा सन्देश थियो “घरको मूल ढोका अगाडिको आँगन उज्यालो नहुँदै आजै खन्नुहोस् त्यहाँ कालो अँगारजस्तो वस्तु भेटिने छ त्यसको घरपरिवार सबैका निधारमा तिलक लगाउनुहोस् कोरोना भेद हुन्छ अर्थात लाग्दैन । “मैले, ह्या ! नचाहिने कुरा भनी उहाँलाई नि नगर्न आग्रह गरेँ । चार बजे बिहानै गाउँटोलका सबै त्यसैमा लागेकाले सामान्य हल्ला सुनियो उठेँ, सबै त्यसैमा ब्यस्त भएको दृश्य हेर्न पाइयो । सोही अनुकरण आमाले पनि गर्न खोज्नु भो तर हामीले गर्न दिएनौँ ।, यो यता मात्रै होइन तराईँतिर पनि अधिकांशले गरेको खबर छ खास के हो ? यस्तो भ्रम छर्नु ठिक हो र !’
घर अगाडी अधिकासंले आगो बाल्ने र त्यहाँ अंगार भेटिने नै हुने भएकाले भ्रम फैलाउनका लागि यो सन्देश फैलाईएको धेरैको बुझाई छ ।
प्रहरीले कोरोना बारे यस्तो भ्रम फैलाउँनेहरुको खोजिकार्य भैरहेको बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुखले भने,‘फोनबाट सन्देश प्रबाह भएकाले चाँडै भ्रम फैलाउँने ब्यक्तिहरु भेटिनेछन् । पत्ता लाग्यो भने भ्रम फैलाएको मुद्धा चलाई कानुननी कावार्ही गरिने छ ।’
केही दिन अगाडी फेसवुकमा नेपालमा कोरोनाका धेरै संक्रमित भेटिएको भन्दै भ्रम फैलाउने र यशुले कोरोना भाइरस लाग्न नदिने प्रचार गर्ने पास्टर लगायतलाई पक्राउ गरि मुद्धा चलाईएको छ ।’
हेर्नुस् सामाजिक सञ्जालमा कस्ले के लेखे
बेङ्गलुरु- भारतको बेङ्गलुरुमा रहेको मनिपाल हस्पिटलमा एक नेपाली उपचार अभावमा...