२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

कोरोना संक्रमित युवतीसंगै आएका धनगढीका युवक भाई सहित आइसोलेसनमा

कोरोना संक्रमित युवती आएको एयरवेजको क्यूआर ६५० नम्बरको जहाजमा आएका धनगढीका एक युवकलाई उनका भाई सहित सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा राखिएका छन् ।

सोही जहाजमा आएकी युवतीमा कोरोनाको भाइरसको संक्रमण रहेको पुष्टी भएपछि उनी भाई सहित सेती प्रादेशिक अस्पतालमा आएका हुन् ।

प्रहरीले धनगढीका एक जना युवक सोही जहाजमा आएको थाह पाएपछि आज दिउसोदेखि खोजी शुरु गरेको थियो ।

उनी साँझ भाईसंगै मोटरसाईकलमा अस्पताल पुगेका थिए । अस्पतालमा उनको प्रारम्भिक स्वास्थ्य परीक्षण गरेपछि आईसोलेनमा राखिएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले बताए ।
डा. जोशीले भोलि उनको थ्रोट स्वाव परीक्षणका लागि काठमाण्डौं पठाउन जानकारी दिए ।

धनगढी उपमहानरपालिका वडा नम्बर ३ त्रिनगर भन्सार स्थायी बसोबास भएका उनी चैत ४ गते फ्रान्सबाट कतारवेजमा नेपाल आएका थिए ।
उनी आएको जहाजबाटै नेपाल आएकी युवतीमा कोरोनाको संक्रमण भेटिएपछि सो जहाजबाट नेपाल आएका सम्पूर्ण यात्रुलाई प्रहरीले खोजी शुरु गरेको थियो ।

प्रहरीले ती व्यक्तिलाई भाई सहित धनगढीको सेती प्रादेशिक अस्पतालमा राखिएको र परिवारका सदस्यहरुलाई घरमै सेल्फ आईसोलेसनमा राखिएको बतायो ।

Related News

नेकपाले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा माग्ने तयारी
नेकपाले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा माग्ने तयारी
  • २०७६ चैत्र १३

नेकपाले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा माग्ने तयारी धनगढी —...

TOP