२०८२ पुष २, बुधबार
December 17, 2025, Wednesday

कोरोना संक्रमणको आशंकामा डोटीबाट स्वाब परीक्षणका लागि पठाइयो

डोटी : नोवेल कोरोना भाइरस (कोभिड(१९)संक्रमण भएको आशंकामा भारतबाट आएका एक जनाको स्वाब परीक्षणका लागि काठमाण्डौं पठाइएको छ । उनलाई जिल्ला अस्पताल डोटीको आइसोलेसन वार्डमा राखिएको छ ।

केही दिनअघि भारतको तेलंगना प्रदेशबाट आएका डोटीका १९ वर्षीय एक युवा मंगलबार अस्पतालको सम्पर्कमा आएका थिए । उनलाई कोरोनाको संक्रमण हुन सक्ने भन्दै अस्पतालले मंगलबारै आइसोलेसन वार्डमा राखेको थियो ।

उनको घाटी र नाकको स्वाब परीक्षणका लागि टेकु अस्पताल पठाइएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ज्योती पाण्डेले जानकारी दिइन । ‘हामीले उहाँको स्वाब एम्बुलेन्समार्फत सेती प्रादेशिक अस्पताल धनगढी पठाएका छौं,’ पाण्डेले भनिन्, ‘धनगढीबाट काठमाडौं लगिनेछ ।’ रिपोर्ट नआएसम्म उनलाई आइसोलेसन वार्डमै राखिनेछ ।

डोटीबाट स्वाब परीक्षणको लागि पठाइएको यो पहिलो घटना हो । यसअघि कुनै पनि व्यक्तिको स्वाब परीक्षणको लागि नपठाइएको पाण्डेले बताइन् । संक्रमणको आशंका गरिएका ती व्यक्तिको परिचय गोप्य राखिएको अस्पतालले जनाएको छ ।

Related News

सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
  • २०७६ चैत्र १२

दिपायल – सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले सात दिने “भलिबल...

TOP