२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026, Sunday

नेपालमा थप एकजनामा कोरोना संक्रमण : संक्रमितको संख्या तीन पुग्यो

नेपालमा थप एकजनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । मंगलबार राति प्राप्त कोरोना परीक्षण रिपोर्टमा थप एकजनामा संक्रमण देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले थप एकजनामा कोरोना पोजेटिभ देखिएको पुष्टि गरे । उनले भने, ‘तेस्रो व्यक्तिमा संक्रमण पुष्टि भएको छ, थप जानकारी हामी केहीबेरमा दिन्छौँ ।’

उनलाई टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।

यसअघि चीनबाट फर्केका एक युवा र फ्रान्सबाट कतार हुँदै फर्केकी एक युवतीमा कोरोनाको संक्रमण देखिएको थियो ।

चीनबाट फर्केका युवा उपचारपछि निको भएर घर फर्किसकेका छन् भने युवतीको उपचार भइरहेको छ ।

Related News

डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
  • २०७६ चैत्र १२

सिलगढी – डोटी जेसीज बर्ष २०२६ को अध्यक्षमा डिल्लीराज जोशी...

TOP