
डोटी- सोर्स नेपाल डोटीले जिल्लाका ९ वटै स्थानीय तहहरुलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । युएसएआईडीको आर्थिक सहयोग तथा हेलेनकेलर संस्था र सोर्स नेपालको साझेदारीमा सञ्चालित सुआहारा कार्यक्रम अन्तर्गत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
कोरोना महामारी नियन्त्रणका लागि खटिने स्वास्थ्यकर्मी, स्वयंसेवक लगायतका व्यक्तिहरुका लागि स्वास्थ्य सुरक्षाका सामग्रीहरु वितरण गरिएको सोर्स नेपालले जनाएको छ । स्यानिटाइजर, मास्क, पीपीई सेट लगायतका स्वास्थ्य सामग्रीहरु ९ वटै स्थानीय सरकार प्रमुख र स्वास्थ्य शाखा प्रमुखलाई हस्तान्तरण गरिएको संस्थाका कार्यकारी निर्देशक लाल बिकले बताए । उक्त सामग्रीहरुले महामारी नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी, कर्मचारी, महिला स्वयंसेविकाहरुलाई सहयोग पुग्ने बिकले बताए ।

सुआहारा कार्यक्रमले विगत लामो समय देखि जिल्लामा पोषण तथा स्वास्थ्य सुधारका क्षेत्रमा महत्वपूर्ण योगदान दिदै आएको केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले बताए । अध्यक्ष शाहीले संस्थाबाट प्राप्त स्वास्थ्य सामग्रीले गाउँ सरकारलाई कोरोना महामारी नियन्त्रणका लागि महत्वपूर्ण सहयोग पुगेको बताउँदै धन्यवाद ज्ञापन गरे ।
दोस्रो चरणको कोरोना महामारीसँग लडिरहेको स्थानीय सरकार र स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्रीले महामारी नियन्त्रणमा थप मदत पुग्ने बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गड्सीलाले बताए ।

सुआहारा कार्यक्रमले हजार दिनका आमाहरुलाई कोरोना संक्रमण हुनबाट बच्च र कोरोना लागिहाले के गर्ने भन्ने विषयमा फोनबाट निरन्तर परामर्श दिदै आएको छ । कार्यक्रमले कोरोना, पोषण एबं स्वास्थ्य सम्बन्धि विभिन्न सन्देशहरु समेत प्रभाह गर्दै आएको सोर्स नेपालका कोषाध्यक्ष लक्ष्मि देउवा बलमे बताइन् ।
दिपायल – डोटीमा जीप दुर्घटनामा परी चार जना यात्रु घाइते...