२०८१ बैशाख ८, शनिबार
April 20, 2024, Saturday

सचेतना अभियानका लागि साबुन हस्तान्तरण

डोटी- विश्वमा महामारिको रुपमा रहेको कोरोना (Covid -19) बाट बच्न व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने विज्ञहरूको सुझावलाई मनन गर्दै जोरायल गा.पा.को स्वास्थ्य शाखाले पृथक तरिकाले सचेतना अभियान सञ्चालन गर्ने भएको छ । उक्त अभियानलाई प्रभावकारी बनाउन त्यहाँका सचेत युवाहरूले पूर्ण रुपमा साथ दिने बताएका छन् ।

जोरायल गा.पा.को उक्त सचेतना अभियानका लागि युवाहरूले विभिन्न व्यक्तिको व्यक्तिगत सहयोगबाट जुटेको रकमबाट ८ सय ६४ पिस साबुन आजै जोरायल गा.पा.स्वास्थ्य शाखाका नन्द देउवालाई हस्तान्तरण गरेका छन् भने सहयोग स्वरुप उपलब्ध भएका ६७३ साबुन भोलि जोरायल गा.पा.मा रहेका स्वास्थ्य केन्द्रहरूलाई हस्तान्तरण गरिने छ ।

‘एक घर एक साबुन’ को लक्ष्यमा रहेका युवाहरूले विभिन्न ठाउँबाट सहयोग पाइरहेको बताएका छन् । ३हजार ८सय ३ घरधुरी रहेको जोरायल गा.पा.मा स्वास्थ्य शाखाले सचेतनासहित साबुन वितरणमा स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयम् सेविका परिचालन गर्ने भएको छ ।

जोरायल गा.पा. ले कोरोनाको जोखिमबाट बच्न गरेको पूर्व तयारीको बारेमा बुझ्न गएका युवालाई धन्यवाद दिँदै गा.पा अध्यक्ष दुर्गा ओझा, उपाध्यक्ष जमुना बोहरा र प्रशासकीय प्रमुख तेजु खत्रीले मानवीय स्वास्थ्यलाई गम्भीर रुपमा लिएको र जोरायल गा.पा. आवश्यक तयारीमा रहेको कुरा बताए । त्यसैगरी स्वास्थ्य शाखालाई कोरोनाको चेकजाँचका लागि आवश्यक पर्ने सामग्रीहरू खरिद गरी घुम्ती शिविर पनि सञ्चालन गर्न निर्देशन दिइसकेको कुरा गा.पा. अध्यक्षले बताए ।

विशेषत: भारतबाट फर्केका व्यक्तिहरूलाई विशेष निग्रानीमा राख्न उनीहरूको डाटा संकलन गर्ने कार्य भइरहेको जानकारी जोरायल गा.पा. ३का वडा अध्यक्ष दिनेश मल्लले दिए । त्यस्तै १० गते गा. पा. मा बसेको बैठकले पनि यसका लागि महत्वपूर्ण निर्णय गरिसकेको छ ।

Related News

प्रभावकारी न्याय सम्पादन मेरो प्रमुख जिम्मेवारी : प्रधान न्यायाधीश
प्रभावकारी न्याय सम्पादन मेरो प्रमुख जिम्मेवारी : प्रधान न्यायाधीश
  • २०७६ चैत्र ११

दिपायल- प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले प्रभावकारी न्याय सम्पादन गर्नु आफ्नो...

TOP