२०८० मंसिर १९, मंगलवार
December 5, 2023, Tuesday

एक हप्ताअघि भारतबाट आएका खड्काको शैलेश्वरी अस्पतालमा निधन

डोटी– शैलेश्वरी अस्पताल दिपायलमा उपचाररत एक जना विरामीको मृत्यु भएको छ । सोमबार उपचारका क्रममा आदर्श गाउँपालिका –१ बाँझककानीका ४० वर्षीय शिव खड्काको निधन भएको हो ।

एक हप्ताअघि भारतबाट आएका उनमा स्वास्थ्य समस्या देखिएपछि शुक्रबार अस्पताल भर्ना गरिएको मृतकका आफन्त दिपकबहादुर खड्काले बताए । उनका अनुसार मृतक खड्कामा निमोनीयाको समस्या देखिएको थियो ।

अस्पताल सञ्चालक आइजंङ्ग कुवँरले दमको समस्याका कारण उनको निधन भएको बताए ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७८ बैशाख ५

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP