२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

सुदूरपश्चिमका कुन जिल्लामा कति जनालाई कोरोनाविरुद्धको लगाईने ?

कैलाली- सुदूरपश्चिममा पनि बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुने भएको छ । भारत सरकारको सहयोगमा ल्याइएको खोप प्रदेशको अस्थायी राजधानी धनगढी पुगाईएपछि भोलिदेखि खोप अभियान सुरु गरिने भएको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले प्रदेशका लागि १६ हजार २ सय ९३ जनालाई पुग्ने ३६ हजार डोज खोप सोमबार धनगढी पुगेको जानकारी दिए । धनगढीस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा राखिएको खोप नौँ वटै जिल्लामा पठाउन सुरु गरिएको कार्कीले बताए । ‘कैलालीको सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पताललाई खोप केन्द्र तोकिएको छ,’ कार्कीले भने,  ‘प्रदेशका बाँकी ८ वटा जिल्लामा जिल्ला अस्पतालमा खोप केन्द्र छ ।

५ दिनभित्र खोप लगाईसक्छौ ।’ कार्कीका अनुसार कैलालीमा तीन हजार सात सय ३७, कञ्चनपुरमा दुई हजार पाँच सय ४५, बैतडीमा एक हजार नौँ सय ९६,अछाममा एक हजार ८ सय ७१ र डोटीमा एक हजार चार सय ६१ जनालाई पहिलो चरणको खोप लगाउने तयारी छ । यस्तै बझाङमा एक हजार चार सय नौँ, दार्चुलामा एक हजार दुई सय ५१, डडेल्धुरामा एक हजार एक सय ३५ र बाजुरामा ८ सय ९० जनालाई खोप लगाईने प्रवक्ता कार्कीले बताए ।

पहिलो चरणमा अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी, सरसफाइकर्मी र सुरक्षाकर्मीलाई निःशुल्क रूपमा लगाउने प्रदेश सरकारको तयारी छ । शरीरमा एलर्जी भएका, गर्भवती, सुत्केरी र १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई खोप नलगाइने सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७७ माघ १३

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP