२०८३ असार ८, सोमबार
June 22, 2026, Monday

जिल्ला सहकारी संघको सल्लाहकार संयोजकमा बम

धनगढी – राष्ट्रिय सहकारी महासंघका पूर्व सञ्चालक तथा लामो समयदेखि सहकारी आन्दोलनका अभियन्ता भोजबहादुर बमलाई जिल्ला सहकारी संघ लिमिटेड कैलालीले सल्लाहकार संयोजकमा मनोनित गरेको छ ।

सहकारी संघ लिमिटेडले बमको संयोजकत्वमा ९ सदस्यीय सल्लाहकार समिति गठन गरेको हो । बम संयोजक रहेको सल्लाहकार समितिमा प्यारेलाल राना, हरि श्रीपाइली, रणबहादुर चन्द, गणेश ओझा, तुंगबहादुर हमाल, शान्ति सिंह शाही, हेमबहादुर बम र लालबहादुर देउवालाई सल्लाहरकार सदस्यमा मनोनित गरिएको हो ।

जिल्ला सहकारी संघ लिमिटेडको सञ्चालक समितिको बैठकले सल्लाहकार समितिसँगै कानुनी सल्लाहकारमा वीरबहादुर जेठरा, सञ्चार समन्वय समितिमा पत्रकार पुष्पराज जोशी र सहकारी शिक्षा समितिमा तुलसी देवकोटालाई मनोनित गरेको हो ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७७ मंसिर १५

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP