२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026, Friday

विजय मिश्रको जवाफमा गोकुल बास्कोटाको भ्रष्टाचारको दीर्घकालिन योजनाको भण्डाफोर

अदालतलाई मिश्रको जवाफः सेक्युरिटी प्रिन्टीङ प्रेस भ्रष्टाचार प्रकरणमा प्रधानमन्त्रीको भूमिका प्रष्ट 

काठमाडौं। सेक्युरीटी प्रिन्टीङ प्रेसमा सत्तरी करोड कमिसनका लागि वार्गेनिङ गर्ने तत्कालिन संचार मन्त्री गोकुल बास्कोटाको अदालतमा भण्डाफोर भएको छ । बास्कोटाले सत्तरी करोड बार्गेनिङ गरेको अडियो टेप सार्वजनिक गर्ने विजय मिश्रले अदालतमा जवाफ दिदै उनको भण्डाफोर गरिदिएका हुन् ।

विद्युतिय तथा आम संचारका माध्यमहरुबाट झुठा लान्छना लगाई गाली वेइज्जती गरेको भन्दै बास्कोटाले  दायर गरेको मुद्धाको जवाफ दिदै मिश्रले बास्कोटा सहितको नेक्सस कसरी भ्रष्टाचारको दीर्घकालिन योजनामा संलग्न थियो भनेर भण्डाफोर गरिदिएका हुन् । सोमबार मिश्रले काठमाडौं जिल्ला अदालतमा आफ्ना वकिलहरुमार्फत जवाफ दिएका हुन् । 

मिश्रले बास्कोटा विपक्षी भएको मुद्दामा यस अदालतबाट मेरा नाममा जारी भएको २१ दिने प्रतिउत्तरको म्याद विपक्षीले आफूलाई प्रतिवाद गर्ने अवसरबाट वञ्चित गर्ने दुषित नियतले मेरो पिताको नाम र ठेगाना समेत गलत दिएको कारण समयमा तामेल भएको रहेनछ भनेर शुरुमै स्पष्टीकरण दिएका छन् । मुद्दा परेको थाहा पाई आफ्नै पहल कदममा सो म्याद मिति २०७७।०७।१८ गते बुझी प्रतिउत्तर लिई हाजिर हुन आएको उल्लेख गर्दै आठ पेज लामो प्रतिउत्तर अदालतमा पेश गरेका छन् । 

मिश्रले अदालतमा बुझाएको जवाफमा सुरक्षण मुद्रण सम्बन्धि उपकरणहरु खरिद गर्दा ठूलो रकम हिनामिना र भ्रष्टाचार गर्ने नियतले तत्कालिन संचारमन्त्री बास्कोटाले योजनाबद्ध ढंगबाट काम कारबाही गरेको र आफ्नो भ्रष्टाचारजन्य कार्यलाई ढाकछोप गर्ने दुषित मनसायले मात्र आफू बिरुद्ध गाली बेइज्जतीको मुद्दा दिएको दावी गरेका छन् ।

पुरा समाचार पढ्नुहोस्

Related News

डोटी जेसीजले आयोजना गरेको दन्त शिविरमा ९१ जनाले लिए सेवा 
डोटी जेसीजले आयोजना गरेको दन्त शिविरमा ९१ जनाले लिए सेवा 
  • २०७७ कार्तिक २५

  दिपायल – डोटी जेसीजले दिपायलमा एक दिन निःशुल्क दन्त...

TOP