२०७९ जेष्ठ ११, बुधबार
May 25, 2022, Wednesday

म्याद नाघेका बस्तु बेच्ने ब्यापारीलाई जरिवाना

धनगढी- कोराना भाइरको त्रासलाई निहु बनाएर बजारमा कृतिम अभाव गर्न थालेको भन्दै धनगढीमा संयुक्त बजार अनुगमन समितिले मंगलबार अनुगमन गरेको छ ।

धनगढी उप–महानगरपालिका नगरस्तरीय बजार अनुगमन समितिका संयोजक योगेन्द्र चन्दका अनुसार धनगढीको ट्रफिक चोक, सहिदगेट र बसपार्क क्षेत्रमा औषधी पसल र किराना पसलमा अनुगमन गरिएको थियो । बजार अनुगमनका क्रममा टोलीले दुई पसल सञ्चालकलाई कारवाही गरेको छ । समितिले धनगढीका पाथिभारा किराना एण्ड तरकारी सप्लार्यस र न्यू गणेश किराना पसल एण्ड सप्लायर्सलाई १५÷१५ हजार गरी ३० हजार जरिवाना गरेको चन्दले बताए ।

बजार अनुगमनका क्रममा दुवै पसलबाट म्याद नाघेका विभिन्न खाद्यवस्तु भेटिएकाले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारवाही गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमल पुनमगरले बताएका छन् ।

प्रमुख पुनका अनुसार संयुक्त अनुगमन समितिले विस्कृट, चकलेट, मसला, स्याम्पुु, पतञ्जली क्रिम, चियापत्ति, स्वयाविन, जिरा, धनिया, खुर्सानी, अचारका डिब्बा लगायतका म्याद नाघेका बस्तु समेत बरामद गरिएको छ । बजारमा ग्यासको समेत जथाभावी विक्रि–वितरण हुनेगरेको पाइएकाले अनुमतिविना ग्यास विक्रि वितरण गर्नेलाई कारवाही गरिने उनले बताए । अहिले बजारमा मास्क, गवनको कृतिम अभाव सिर्जना गरिएको छ । त्यसैगरी ग्यास जस्ता दैनिक उपभोग्य सामाग्रीको पनि अभाव सिर्जना गरिन थालिएकोछ ।

Related News

दिसिनपा–२ का वडाध्यक्षको पहिलो निर्णय : एम्बुलेन्स खरिद र सहज स्वास्थ्य सेवा
दिसिनपा–२ का वडाध्यक्षको पहिलो निर्णय : एम्बुलेन्स खरिद र सहज स्वास्थ्य सेवा
  • २०७६ चैत्र ७

दिपायल- दिपायल सिलगढी नगरपालिका वडा नं. २ का वडाध्यक्ष राजेन्द्र...

TOP