डोटी- नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका संयोजक लालबहादुर ऐरीले आफ्नो जन्मदिनको अवसर पारेर अक्षय कोषमा रकम जम्मा गर्ने घोषणा गरेका छन् । उनले नेपाल प्रेस युनिय डोटी शाखाले शाखाका संस्थापक अध्यक्ष तेजबहादुर खड्का (तेजु)को स्मृतिमा स्थापना गरेको अक्षयकोषमा १२ हजार दुई सय २२ रुपैंया जम्मा गर्ने घोषणा गरेका हुन् ।
बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा पत्रकार खड्का बेपत्ता भएका थिए । बेपत्ता भएका खड्काको तीन बर्ष पछि मात्रै कंगाल भेटिएकोमा डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो । डोटी शाखाले उनै स्व. संस्थापक पत्रकार खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी विभिन्न व्यक्ति संघ संस्थाहरु संग सहयोग आह्वान गरेको थियो । अक्षकोष स्थापनाका लागि पछिल्लो समय विभिन्न व्यक्तिहले विभिन्न अवसर पारेर सहयोग गरिरहेको प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बलमे बताए ।
डोटी शाखाले लोकप्रिय सञ्चारकर्मी तथा डोटी युनियनका संस्थापक अध्यक्ष खड्काको स्मृतिमा अक्षयकोषको स्थापना गरी उनलाई सधै अमर राख्ने अभियान थालेकाले आफुले सक्दो सहयोग गरेको संयोजक ऐरीले बताए । उनले भने , ´स्वर्गीय पत्रकार खड्का प्रेस युनियन डाेटि शाखाका अध्यक्ष हुँदा ,म डडेल्धुरा शाखाको अध्यक्ष थिए ।´ उनले सञ्चार क्षेत्रमा गरेको योगदान कहिले भुल्न हामी कहिले भुल्ने छैनौ। घटना संकास्पद भएकाले सरकारसंग गहिरो छानबिनको माग गर्दछु।´
अक्षय कोषमा रकम जम्मा भएपछि स्व. खड्काको नामबाट पत्रकारिता पुरष्कारको घोषणा गरी वितरण गरिने प्रेस युनियन डोटीका सचिव पवन महाराले जानकारी दिए ।
डोटी शाखाले अक्षयकोषमा रकम जम्मा गरेर स्व. पत्रकार खड्कालाई अमर राख्ने डोटी शाखाको अभियानलाई सहयोग गरेकोमा संयोजक ऐरीलाई धन्यबाद सहित जन्मदिनको शुभकामना ब्यक्त गरेको छ ।
पत्रकार ऐरि अहिले कान्तिपुर टेलिभिजनमा कार्यरत छन् ।
धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...