२०७७ मंसिर १६, मंगलवार
December 1, 2020, Tuesday

एम्बुलेन्स प्रकरण : प्रतिवेदनमाथि छलफल गर्न बोलाईएको बैठक कोरम नपुरेर स्थगित

सुदुरपश्चिममा एम्बुलेन्स खरिद प्रक्रियाको बिषयमा छलफल गर्नका लागि बोलाईएको सार्वजनिक लेखा समितिको वैठक कोरम नपुगेर स्थगित भएको छ । आईतवारका लागि वोलाईएको सार्वजनिक लेखा समितिको वैठकमा वहुमत सदस्यहरु उपस्थित नभएपछि बैठक स्थगित भएको हो । एम्बुलेन्स खरिद प्रक्रियाको विषयमा छानविन गर्नका लागि गठन गरिएको छानविन उपसमितिले तयार पारेको प्रतिवेदनमा छलफल गर्नका लागि बैठक बोलाईएको थियो । सो बैठकमा सार्वजनिक लेखा समितिका ७ जना सदस्यहरु अनुपस्थित भए ।

यसअघि प्रक्रिया अनुसार नभएको भन्दै सार्वजनिक लेखा समितिमा छानविन उपसमितिको प्रतिवेदन पेस गरेकोले काग्रेंस प्रदेश सभा सदस्य भरत खड्काका कारण छानविन उपसमितिले बनाएको प्रतिवेदनमाथि छलफल हुन सकेको थिएन् । आईतबारको वैठक पनि अधिकांश सदस्यहरु उपस्थित हुन नसकेपछि छलफल प्रक्रिया अगाडी बढ्न सकेको छैन् । चार जना सदस्यहरु मात्रै उपस्थित भएपछि वैठक बस्न नसकेको सार्वजनिक लेखा समितिकी संयोजक कुमारी नन्दा बमले जानकारी दिईन् । आईतबार वैठकमा उपस्थित हुन दुई दिन अघि नै सार्वजनिक लेखा समितिको कार्यालय मार्फत सवै सदस्यहरुको मोबाईलमा सुचना दिईएको तर अधिकांश सदस्यहरु उपस्थित नभएपछि वैठक स्थगित भएको संयोजक बलमे जानकारी दिईन् ।

आईतबारको बैठकमा सार्वजनिक लेखा समिति सदस्यहरु कर्ण मल्ल, भरत खड्का, वलवहादुर सोडारी, देवकी मल्ल, अमर सावद, अर्चना गहतराज र चुनकुमारी चौधरी अनुपस्थित भएका हुन् । सार्वजनिक लेखा समितिकी सभापति तथा छानविन उपसमितिकी संयोजक कुमारी नन्दा बम, मावहादुर धामी, मानाकुमारी सावद र बलदेव रेग्मी मात्रै उपस्थित भएका थिए । एम्बुलेन्स खरिद प्रक्रियाका विषयमा छलफल गर्नका लागि बैठक वोलाईएकोले अधिकांश सदस्यहरुले सहभागीता नजनाएको आशंका गरिएको छ ।

एम्बुलेन्स खरिद प्रकरणः सार्वजनिक लेखा समितिको प्रतिवेदनमा के के छ ? 

सुदुरपश्चिम प्रदेश सरकारले किनेका एम्बुलेन्समा अनियमितता गरेको ठहर भएको छ । सुदुरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समिति अन्तर्गतको छानविन उपसमितिले एम्बुलेन्स खरिदमा अनियमितता भएको ठहर गरेको हो । समितिले तयार पारेको प्रतिवेदनमा सामाजिक विकास मन्त्रालयले खरिद गरेका एम्बुलेन्स खरिद प्रक्रियाहरु गम्भीर त्रुटी भएको भन्दै मिलोमतो भएको उल्लेख गरिएका छ ।

गत चैत ८ गते वसेको सार्वजनिक लेखा समितिको निर्णय अनुसार गठन गरिएको छानविन उप सिमितले एम्बुलेन्स खरिद प्रक्रियाहरुको तीन महिना लगाएर गरेको अध्ययन अनुसन्धानमा त्रुटी नै त्रुटी गरेर मिलोमतो भएको छ ।

Related News

सचिवालय बैठकको औचित्य छैन : प्रधानमन्त्री ओली
सचिवालय बैठकको औचित्य छैन : प्रधानमन्त्री ओली
  • २०७७ असार २८

काठमाडौं- आन्तरिक विवादमा रुमल्लिएको नेकपा सचिवालयको बैठकमा दुई अध्यक्षबीचको तिक्तता बढ्दो छ। मंगलबारको सचिवालय बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने तय भए...

केआईसिंह गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको संगठन विस्तार : संयोजकमा भट्टराई
केआईसिंह गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको संगठन विस्तार : संयोजकमा भट्टराई
  • २०७७ असार २८

प्रदेश सरकार शरिरमा भएको गलगाँड डोटी- राष्ट्रिय जनमोर्चाले केआईसिंह गाउँपालिकामा संगठन विस्तार गरेको छ । मंगलबार आयोजना गरिएको गाउँपालिका स्तरीय...

एमालेबाट निर्वाचित डडेल्धुराका  वडाध्यक्षले राजीनामा दिए
एमालेबाट निर्वाचित डडेल्धुराका वडाध्यक्षले राजीनामा दिए
  • २०७७ असार २८

सहकर्मीले असहयोग गरेको भन्दै डडेल्धुराका एक निर्वाचित वडाध्यक्षले राजीनामा दिएका छन् । तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका आलिताल गाउँपालिका–१ का...

TOP