२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

हिमशिखरले १० देखि १५ प्रतिशत सम्म ब्याज छुट गर्ने

डोटी- हिमशिखर बहुउद्देश्यीय सरकारी संस्था लिमिटेड डोटीले शेयर सदस्यलाई १० देखि १५ प्रतिशत सम्म ब्याज छुट गर्ने भएको छ । कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनका कारण व्यापार, व्यवसाय तथा आम्दानीमा असर परेको भन्दै ब्याज छुट गर्ने निर्णय गरेको हो ।

लकडाउनका कारण सदस्यमा पर्न गएको असरलाई मध्यनजर गर्दै असाढ मसान्तसम्म बाँकि रकम बुझाए ब्याज छुट गर्ने निर्णय गरेको हिमशिखर मल्टिपर्पोज को–अपरेटिभ लिमिटेडका व्यवस्थापक दिपक सिंह साउदले बताए ।

असुल हुन बाँकि सम्पुर्ण साँवा तथा ब्याज असाढ मसान्तसम्म चुक्ता गरेमा चैत्र, बैशाख, जेठ र असाढ गरि चार महिनाको ब्याज रकममा १५ प्रतिशत छुट र हर्जाना रकममा १०० प्रतिशत (पूर्ण) छुट गरिने छ । भुक्तानी गर्न बाँकि किस्ता तथा ब्याज रकम भुक्तानी गरेमा चैत्र, बैशाख, जेठ र असाढ गरि चार महिनाको ब्याज रकममा १० प्रतिशत छुट र हर्जाना रकममा १०० प्रतिशत (पूर्ण) छुट गरिने व्यवस्थापक साउदले बताए ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ असार ४

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP