२०८१ आश्विन २९, मंगलवार
October 15, 2024, Tuesday

सुदूरपश्चिम प्रदेश बजेट : स्वास्थ्यमा कम, पूर्वाधारमा बढी (पूर्णपाठसहित)

धनगढी-सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७७-०७८ का लागि ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । गत बर्ष प्रदेश सरकारले २८ अर्ब १६ करोड २० लाख ३५ हजार रुपैयाँको बजेट ल्याएको थियो।

सोमबारको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले आगामी आर्थिक बर्षको बजेट सार्बजनिक गरेका हुन।जसमा चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख अर्थात कुल बजेटको साढे ४२ प्रतिशत र पुँजीगत तर्फ १६ अर्ब ७५ करोड ८४ लाख ८८ हजार अर्थात कुल बजेटको ५० दशमलब दुई प्रतिशत बजेट विजियोजन गरिएको छ। प्रदेश सरकारले स्वास्थ्य, कृषि, सडक, खानेपानी, सिचाई, उर्जा, तटबन्ध आदि पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ ।

प्रदेश सरकारले ‘निर्वाचन क्षेत्र पुर्वाधार विकास कोषका लागि पनि बजेट छुट्याएको छ। प्रत्येक निर्वाचन क्षेत्रमा तीन करोडका दरले ९६ करोड बजेट विनियोजन गरिएको हो।

आर्थिक मामिला तथा योजना मन्त्री बोहराले प्रदेश सरकारले वित्तीय समानीकरण, सशर्त विशेष र समपूरक समेत गरी नेपाल सरकारबाट १४ अर्ब २१ करोड ८२ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको बताए । चालू आवका लागि सोही शीर्षकमा नेपाल सरकारबाट प्रदेशले १४ अर्ब ५० करोड ३० लाख रुपैयाँ अनुदान प्राप्त गरेको थियो ।

स्वास्थ्य क्षेत्रका लागि ३ अर्ब भन्दा बढी बजेट

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा ३ अर्ब भन्दा बढी बजेट विनियोजन गरेको छ। मन्त्री बोहराले स्वास्थ्य क्षेत्रमा ३ अर्ब २६ करोड ६६ लाख बजेट विनियोजन गरेको जानकारी दिए। यसवर्ष कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राखेर स्वास्थ्य क्षेत्र सुधारका योजनामा बढी बजेट विनियोजन गरेको छ।

स्वास्थ्य क्षेत्रको सुधार, कोरोनाका कारण रोजगारी गुमाएकाहरूलाई स्वरोजगारका कार्यक्रममा प्राथमिकताका साथ बजेट परेको छ । कोरोनाका कारण रोजगारी तथा आयश्रोत गुमाएका प्रदेशवासीलाई रोजगारी दिलाउने खालका कृषि कार्यक्रम, पूर्वाधार विकासका योजना र उद्योग विकासका कार्यक्रम अगाडी सारिएको छ।

सडक आयोजनाका लागि पौने पाँच अर्ब बजेट

सुदूरपश्चिम प्रदेश सरकारले सडक निमार्ण आयोजनाका लागि करिब पौने पाँच अर्ब बजेट विनियोजन गरेको छ।प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बोहराले आगामी आर्थिक वर्षमा ५ सय २८ किलोमिटर सडक निमार्ण गर्न ४ अर्ब ७२ करोड बजेट विनियोजन गरेको बताए।

सिँचाइ योजनाका लागि १ अर्ब बढी बजेट विनियोजन

सुदूरपश्चिम प्रदेश सरकारले सिँचाइका योजनाका लागि १ अर्ब बढी बजेट विनियोजन गरको छ । आगामी आर्थिक वर्षमा ९ वटै जिल्लाका लागि १ अर्ब ४१ करोड सिँचाइ योजनामा खर्चिने सोमबार सार्बजनिक गरेको बजेटमा उल्लेख छ ।

पूर्णपाठ पढ्न यहाँ क्लिक गरौं

Related News

भारतको अस्पतालमा मजदुर नेपालीको दर्दनाक छटपटी, पैसाको अभावमा ज्यान गुम्ने खतरा
भारतको अस्पतालमा मजदुर नेपालीको दर्दनाक छटपटी, पैसाको अभावमा ज्यान गुम्ने खतरा
  • २०७७ असार २

बेङ्गलुरु- भारतको बेङ्गलुरुमा रहेको मनिपाल हस्पिटलमा एक नेपाली उपचार अभावमा...

TOP