२०८० मंसिर २१, बिहीबार
December 7, 2023, Thursday

महामारीकै बीच सुदूरपश्चिमका मुख्यमन्त्री, मन्त्री, सभामुख, सांसदको सेवासुविधा बढाईयो

धनगढी- सुदूरपश्चिममा मुख्यमन्त्री, सभामुखसहित सबै मन्त्री र साँसदको सेवासुविधा बढाईएको छ । कोरोना महामारी सुरूहुदैँ गर्दा सेवासुविधा बढाईएको पाईएको हो ।

देशमा महामारीको सन्त्रास सुरू हुनैलाग्दा फागुन २९ गते बसेको सुदूरपश्चिम प्रदेस सरकारको मन्त्रीपरिषद् वैठकले पारिश्रमिक बढाएको खुलासा भएको छ ।

वैठकले ‘मुख्यमन्त्री र मन्त्रीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन-२०७५’ र ‘प्रदेश सभाका पदाधिकारी तथा प्रदेश सभाका सदस्यहरूको पारिश्रमिक सम्बन्धी ऐन’ संशोधन गरी सेवासुविधा बढाएको छ ।

संशोधित व्यवस्थापछि मुख्यमन्त्रीको पारिश्रमिक मासिक ६० हजार नौ सय ७० मा १६ प्रतिशत बढाएर ७१ हजार पुगाइएको छ। मन्त्रीहररूको  पारिश्रमिक ५४ हजारबाट बढाएर६३ हजार पुगेको छ। राज्यमन्त्रीको ६० हजार र सहायक मन्त्रीको ५८ हजार मासिक परिश्रमिक पुगाईएको छ।

यस्तै प्रदेश सभाका पदाधिकारी तथा प्रदेश सभाका सदस्यहरूको पारिश्रमिक सम्बन्धी ऐन’ संशोधन गरी त्यसमा १८ प्रतिशतले वृद्धि गरिएको छ ।

अब सभामुखले मासिक रुपमा ५५ हजारबाट बढेर ६४ हजार र उप–सभामुखले ५१ हजारबाट बढेर ५९ हजार लिनेछन । विपक्षी दलका नेताको ५१ हजार पारिश्रमिक रहेकोमा ५९ हजार पाँच सय पाउनेछन भने, सत्ता पक्षका प्रमुख सचेतकको ४९ हजार पाँचसयबाट बढेर ५७ हजार पाँच सय पाउने भएका छन्  ।

सत्ता पक्षका सचेतक र विपक्ष दलका प्रमुख सचेतकको ४९ हजारबाट ५७ हजार पाँच सय र प्रदेश सभा सदस्यहरुको ४८ हजार बढेर ५६ हजार पाँच सय पुगेको सुदूरपश्चिम प्रदेश सभा सचिवालयले जनायो ।

प्रदेशसभा सचिवालयका सचिव रामसिँह धामीले ऐन मन्त्रीपरिषदको बैठकले संशोधन गरेको बताए। संघीय सरकारबाट पारिश्रमिक थपेर आएपछि ऐन संशोधन गरेर नयाँ पारिश्रमिक थप भएको उनले बताए ।

प्रदेश सरकार अब ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धी ऐन-२०७५’ पनि संशोधनको तयारीमा छ ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७७ जेष्ठ ३०

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP