शिस, कैलाली- कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सुदूरपश्चिम सरकारले ३२ करोड २५ लाख ९२ हजार रुपंैया गरेको छ । प्रदेश सरकारले स्थापना गरेको सुदुरपश्चिम कोभिड १९ को जोखिम नियन्त्रण, उपचार तथा व्यवस्थापन कोष २०७६ बाट उक्त रकम खर्च गरेको हो ।
स्वास्थ्य सामग्री खरिद देखि सुरक्षा निकाय र राहतका लागिसो रकम खर्च भएको रकमको अख्तियारी पाएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्ण बहादुर रावतले बताए ।
प्रदेश सरकारले स्थापना गरेको कोषमा सरकार आफैले ४० करोड र अन्य क्षेत्रबाट भएको सहयोगे २ करोड ३८ लाख ८५ हजार चार सय ४७ रुपैया जम्मा भएको थियो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रावतले अहिलेसम्म ८८ ओटै स्थानीय तहलाइ १५ करोड २६ लाख रकम उपलब्ध गराएको बताए । उनले बैशाख ३ गतेको सुदुरपश्चिम प्रदेश मन्त्री स्तरीय निर्णयले भेन्टिलेटर लगायत अन्य स्वास्थ्य सामग्री खरिदका लागी सामाजिक बिकास मन्त्रालयलाई १५ करोड ७३ लाख ८० हजार रुपैया दिइएको बताए ।
त्यस्तै प्रदेशको ९ वटै जिल्ला प्रशासन कार्यालयलाई ५ लाखको दरले ४५ लाख, प्रदेश प्रहरी कार्यालय, नेपाली सेना तथा सशस्त्र प्रहरीलाई प्रत्येकलाई १५/१५ लाखका दरले ४५ लाख र राष्ट्रिय अनुसन्धान बिभागलाई १० लाख रुपैया उपलब्ध गराएको सचिव रावतले जानकारी दिए ।
यसैगरी बैशाख १४ गतेको सुदुरपश्चिम प्रदेश मन्त्री स्तरीय निर्णयले गोदावरी नगरपालिकालाई थप ३ लाख, प्रदेशका ९ ओटै जिल्ला प्रहरी कार्यालय कैलाली र कंचनपुरलाई ५/५ लाख र अन्य जिल्ला प्रहरी कार्यालयलाई ३/३ लाख गरि ३१ लाख र ९ ओटै जिल्लाका शसस्त्र प्रहरी गण र गुल्मलाई २४ लाख रुपैया उपलब्ध गराएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रावतले जानकारी दिए ।
त्यस्तै धनगढी उपमहानगरपालिकाको आग्रहमा बैशाख ८ गतेको मन्त्री स्तरीय बैठले धनगढी उपमहानगरपालिका ७ मा रहेको दृष्टि फाउन्डेसन र वडा नम्बर ५ मा रहेको मानव सेवा आश्रमलाई ७०/७० हजार रुपैया राहतका लागि उपमहानगरपालिकालाई दिइएको सचिव रावतले बताए । उनले अहिले कोषमा ९ करोड ७९ लाख ६५ हजार ४४७ रुपैया मौज्दात रहेको बताए ।
धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...