धनगढी- सुदूरपश्चिम प्रदेश दंगा नियन्त्रण प्रहरी गण कञ्चनपुरमा लेखापाल र एसपीको मिलेमतोमा हेडक्वाटरबाट निःशुल्क उपलब्ध गराईएका सेनिटाईजर लगायतका सामानको कारोबार भईरहेको आरोप लागेको छ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रणमा सरकारले जारी गरेको लकडाउनमा खटिएका सुरक्षाकर्मीलाई निशुल्क पाईएको सेनिटाईजर विक्री गरिएको आरोप लागेको हो।
प्रहरी कल्याण महाशाखाले सुरक्षार्थ खटिने प्रहरीका लागि निःशुल्क वितरण गर्न भन्दै पठाएका सेनीटाईजर, मास्क लगायतका सामाग्रीको शुल्क लिईरहेको गुनासो प्रहरी कर्मचारीले गरेका हुन्।
प्रदेश दंगा नियन्त्रण प्रहरी गण कञ्चनपुरमा कार्यतर एक प्रहरीले दिनेश खबरसँग भने, ‘हामीले विगत तीन महिनादेखि महंगी भत्ता र रासन खर्च पाएका छैनौँ। लेखापालसँग सोध्दा माथिबाट बजेट आएको छैन् भन्छन्। हाकिमलाई सोध्दा पनि त्यस्तै। तर हेडक्वाटरबाट पठाएका मास्क, सेनिटाईजर भने बिक्रि गरिरहेका छन्।’
ती प्रहरीले अगाडि भने, ‘कार्यालयले खरिद गरेर ल्याएको भन्दै प्रति सेनिटाईजरको तीन सय ७५ रुपैँया लिने गरेको छ। तर त्यसको न बिल दिईन्छ न त खरिद गर्न पूर्व हामीलाई जानकारी नै दिईएको थियो।’ उनका अनुसार लेखापाल गणेश रावतले सेनिटाईजरको पैँसा बुझ्ने गरेका छन्। त्यो पैँसा प्रदेश दंगा नियन्त्रण प्रहरी गणका प्रमुख समेत रहेका प्रहरी उपरिक्षक जनकराज पाण्डे सम्म पुग्ने गरेको अर्का प्रहरी कर्मचारीले बताए।
यता लेखापाल रावत र एसपी पाण्डेले उक्त आरोपमा सत्यता नभएको दावी गरेका छन्। लेखापाल पाण्डेले भने, ‘महंगी भत्ता र राशन खर्च वितरण भईरहेको छ। सेनिटाईजर लगायतका सामाग्री प्रहरी कर्मचारीलाई बिक्रि गरि पैँसा लिने गरेको कुरा मलाई थाहा छैन्।’
यस्तै दंगा नियन्त्रण प्रहरी गणका प्रमुख प्रहरी उपरिक्षक पाण्डेले हेडक्वारटरबाट प्राप्त भएका सेनिटाईजर, मास्कहरु स्टाफलाई बिक्रि गरेको आरोपमा सत्यता नभएको जिकिर गरे। तर व्यक्तिगत प्रयोगका लागि बजारबाट खरिद गरी वितरण गरेकाले पैँसा लिएको दावी उनको छ।
‘स्टाफहरुले नै भनेपछि हामीले बजारबाट मगाईदिएका हौँ,’ उनले भने, ‘प्रदेशबाट हामीलाई २४ वटा सेनिटाईजर मात्र मिलेका थिए, बाँकी अन्यत्रबाटै खरिद गरेको थियौँ। त्यसको पैँसा लिएका हौँ।’ तीन महिनादेखि स्टाफहरुको महङ्गी भत्ता र राशन खर्च नपाएको कुरा पनि गलत भएको एसपी पाण्डेको दावी छ।
गणमा के कती जना प्रहरी कार्यरत छन् भन्ने कुरा भने खुलाउन नमिल्ने उनले बताए। प्रहरी उपरिक्षक पाण्डेले डिएसपी भएका बेला लामोसमय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरमा समेत काम गरेका थिए।
यता सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक देवबहादुर बोगटीले प्रहरी अधिकृतहरुका लागि निःशुल्क वितरण गरिएका कुनै पनि सामाग्रीको पैँसा लिन नमिल्ने बताए। मिडियामा आएका गुनासाहरुका विषयमा आफूले प्रदेश दंगा नियन्त्रण प्रहरी गण कञ्चनपुरका प्रमुखसँग बुझ्ने बताए। #दिनेश खबरबाट
देबेन्द्र दत्त भट्ट , सुजङ्ग स्कुल , राजपुर डोटी नेपालका...