२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025, Friday

लकडाउनका बेला फोटो खिच्नुहोस्, पुरस्कार जित्नुहोस्

काठमाडौं- कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न अहिले देशभर लकडाउन छ। यस अवधिमा तपाईंहरु फिल्म हेर्नुहुन्छ, समाचार पढ्नुहुन्छ, अन्य रचनात्मक काम गर्नुहुन्छ र विभिन्न सामाजिक सञ्जालको प्रयोगसमेत पक्कै गर्नुहुन्छ।

लकडाउनका बेलाको रचनात्मक र सकारात्मक सन्देशको महत्त्व सामान्य समयमा भन्दा निकै बढी हुन्छ।

नेपाल समयले लकडाउन समयलाई अझ सकारात्मक र रचनात्मक बनाउने अभियानअन्तर्गत यस अवधिभर खिचिएका तस्बिरमध्ये उत्कृष्ट तीन तस्बिरलाई पुरस्कृत गर्नेछ। प्रथम हुने तस्बिरलाई रु. १५ हजार,  दोस्रो हुनेलाई रु. १० हजार र तेस्रो हुनेलाई रु. ५ हजार प्रदान गरिनेछ।

अभियानमा कसरी जोडिने ? 

अभियानमा जोडिनका लागि तपाईंले खिचेका सकारात्मक सन्देश दिने तस्बिर आफ्नो फेसबुक, ट्विटर वा इन्स्टाग्राममा अपलोड गरेर फेसबुकमा @nepalsamayamedia, ट्विटरमा @nepal_samaya र इन्स्टाग्राममा @nepalsamaya मेन्सन गरेर #StayhomeStaysafe लेख्नुपर्नेछ।

उल्लिखित नियमसहित अपलोड गरिएका फोटोमध्ये उत्कृष्ट तीनवटालाई लकडाउन अवधिको समाप्तिपछि पुरस्कृत गरिनेछ।

छनोट प्रक्रियाको अन्तिम निर्णय नेपाल समयको सम्पादकीय टिमले गर्नेछ र यसको जानकारी नेपालसमयडटकम र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०७६ चैत्र ३०

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP