२०८१ कार्तिक १९, सोमबार
November 4, 2024, Monday

डोटीमा दैनिक उपभोग्य सामग्रीको अभाव छैन : उद्योग वाणिज्य संघ

डोटी- डोटी उद्योग वाणिज्य संघले जिल्लामा अहिले सम्म दैनिक उपभोग्यका सामग्रीहरुको अभाव नभएको बताएको छ । संघले शुक्रबार जारि गरेको मौजाद सूचनामा व्यापारिहरु संग अझै उपभोग्यका सामग्रिहरु स्टक रहेको उल्लेख छ ।

कोरोना भाइरसका कारण गरिएको लकडाउन अबधिमा अति आवस्यक उपभोग्य बस्तुहरुको अभाव हुन नदिन संघले स्टक विवरणहरु राख्दै आएको छ । सो विरण जिल्ला प्रशासन कार्यालयलाई समेत बुझाउँने गरिएको संघका महासचिव दिपक बहादुर खड्काले बताए । उद्योगहरुमा कामदारको अभावका कारण व्यापारिहरुले भनेको समयमा, माग जति सामग्रीहरु आपुर्ती गर्न नसकिरेहको महासचिव खड्काले बताए ।

व्यापारिहरुले उत्पादनमा कमी भएका कारण पनि माग गरे अनुसारको सामग्रीहरु पाउँन नसकेको जनाएको छन् । त्यस्तै क्विन्टलमा ५० रुपैंया भाडादर बढेको गुनासो समेत गर्दै आएकाछन् । उद्योग वाणिज्य संघले व्यपारिहरुलाई जिल्लामा खाद्यान्न, तरकारी, फलफूल, ईन्धन, औषधि र पशु आहार जस्ता बस्तुहरु उपभोक्ताहरुको माग अनुसार, रेट नबढाई आपुर्ति र बिक्रि वितरण गर्र्न आग्रह गरेको छ ।

जिल्लामा अहिले सम्म खाद्यान्नको अभाव नभए पनि आर्थिक अवस्थाका कारण गरिव तथा मजदुरका परिवारमा भने अभाव रहेको देखिन्छ ।

शुक्रबार सम्म जिल्लामा स्टक रहेका दैनिक उपभोग्य सामग्रीको विवरण यस्तो छ ।

Related News

समस्याग्रस्त सहकारीका ६ हजारभन्दा धेरै बचतकर्ताको बचत रकम फिर्ता
समस्याग्रस्त सहकारीका ६ हजारभन्दा धेरै बचतकर्ताको बचत रकम फिर्ता
  • २०७६ चैत्र २९

दिपायल । समस्याग्रस्त सहकारीका ६ हजार धेरै बचतकर्ताको बचत फिर्ता...

TOP