२०७९ चैत्र १०, शुक्रबार
March 24, 2023, Friday

शिखर नगरपालिकाले स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिने


डोटी- शिखर नगरपालिकाले स्वास्थ्यकर्मीहरु लाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । शनिबार बसेको नगर कार्यपालिका वैठकले नगरमा कार्यरत सबै स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।

बैठकले जोखिम पूर्ण काममा खटिने स्वास्थ्यकर्मीलाई पारिश्रमिकको ६० प्रतिशत र कम जोखिममा खटिने स्वास्थ्यकर्मीलाई ४० प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । त्यसै अनुरुप लकडाउनको समयमा क्वारेनटाइन लगायतका जोखिमपूर्ण काममा खटिने स्वास्थ्यकर्मीलाई ६० प्रतिशत र सामान्य स्वास्थ्य चौकीमा खटिने स्वास्थ्यकर्मीलाई ४० प्रतिशत भत्ता दिने र्णिय भएको हो ।

विश्वभर कोरोना संक्रमणको महामारी फैलिएको अवस्थामा नगरका स्वास्थ्यकर्मीहरु जोखिम मोलेर काममा खटिने गरेकाले उनिहरुको काम गर्ने हौसला बढाउँन प्रोत्साहन भत्ता दिने निर्णय गरेको नगर प्रमुख सिताराम जोशीले बताए । उनले भने,‘अहिले नगरपालिका नगरबासिको स्वास्थ्यको रक्षाका लागि खटिनु पर्ने अवस्था छ त्यसका लागि नगरले स्वास्थ्यकर्मीलाई बढी परिचालन गर्नु परिरहेको छ । आफु जोखिममा रहेर जनस्वास्थ्यको रक्षाका लागि दिनरात खटिने स्वास्थ्यकर्मीको मनोवल उच्च राख्न हौसला स्वरुप प्रोत्साहन भत्ताको व्यवस्था गरेका हौं ।’

नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले नगरपालिकाले व्यवस्था गरेको प्रोत्साहन भत्ताले नगरका स्वास्थ्यकर्मीहरुको मनोवल बढ्ने र जागरुक भयर काममा खटिने विश्वास व्यक्त गरे । उनले नगरपालिकामा स्वास्थ्य संस्थाका लागि चाहिने थप औषधी, मास्क, पन्जा लगायतका सामग्री समेत आइसकेको वताए । स्वास्थय संयोजक शाहले कोरोना भाइरसवाट हुन सक्ने जोखिमलाइ ध्यानमा राखेर क्वारेण्टाइनको व्यवस्थापनका लागि आवश्यक बन्दोवस्तीका सामग्रीहरु समेत व्यवस्थापन गर्न लागिएको शिखर समाचार संग बताए ।

Related News

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
  • २०७६ चैत्र २२

काठमाडौं – नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा...

TOP