२०८३ भाद्र २३, मंगलवार
September 8, 2026, Tuesday

स्वास्थ्य सामग्री ल्याउने जिम्मा सेनालाई दिने तयारी

सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सामग्री तथा उपकरण ल्याउने जिम्मा नेपाली सेनालाई तयारी गरेको छ।

स्वास्थ्य उपकरण ल्याउने क्रममा अनियमितता भएपछि सरकारले सेना रोजेको हो।

चीनबाट पहिलो चरणमा स्वास्थ्य सामग्री खरिद गरेर ल्याएको ओम्नी समूहले औषधि ल्याउन नसकेको भन्दै सरकारले बुधबार सम्झौता रद्द गरेको थियो।

सरकारले चीनबाट जी टु जीमार्फत् औषधि ल्याउने र त्यसको जिम्मेवारी सेनालाई दिने तयारी भइरहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सेतोपाटीलाई बताए।

सरकारले स्वास्थ्य सामग्री ल्याउने जिम्मा सेनाले दिने भने पनि कति ल्याउने भनेर भने कुनै निर्णय भएको छैन।

यसबारे अन्तिम निर्णय भने आज बस्ने कोरोना क्राइसिस म्यानेजमेन्ट टिम ( सिसिएमसी) को बैठकले अन्तिम निर्णय गर्ने स्रोतले बतायो।

Related News

प्रेस युनियन डोटीको पहिलो निर्णय : साइबर आक्रमणविरुद्ध सिधै कानुनी लडाइँ
प्रेस युनियन डोटीको पहिलो निर्णय : साइबर आक्रमणविरुद्ध सिधै कानुनी लडाइँ
  • २०७६ चैत्र २०

दिपायल — नेपाल प्रेस युनियन डोटी शाखाले मिडिया, मिडिया हाउस...

TOP