२०८२ फाल्गुन २९, शुक्रबार
March 13, 2026, Friday

करोडौ घोटाला हुने ठेक्का रद्ध गर्न स्वास्थ्य मन्त्रालय वाध्य

हाम्राकुरा

काठमाडौैं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले कोरोना भाइरस संक्रमण भए नभएको जाँच गर्ने मेडिकल सामग्रीको टेण्डरमा ब्यापक विवाद भएपछि ओम्निटेकसँगको सम्झौता रद्द गरेको छ ।

केहीबेर अघि मन्त्रालयको निर्देशन पछि विभागले चीनबाट खरिद गरिएको मेडिकल किट, पीपीई लगायतका मेडिकल सामग्रीको टेण्डर रद्द गरेको हो । विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नीटेक समुहले सामान ल्याउनका लागि धरौटी राखेको रकम जफत गर्ने निर्णय भएको समेत बताएका छन्। विभागले आइसकेका सामानहरुको पनि गुणस्तर हेरेर मात्र भुक्तानी दिने बताएको छ।   

आइसकेको मेडिकल सामानको बारेमा के कसरी भुक्तानी गर्ने भन्ने टुंगो नलागिसकेको मन्त्रालय स्रोतले बताएको छ । एक लट सामान आइतबार आइसकेको छ ।

चीनबाट खरिद गरिएको मेडिकल सामग्री नियतवश धेरै महंगोमा ल्याइएकोबारेमा ब्यापक बिरोध भएकाले टेण्डर रद्द गर्ने निर्णयमा मन्त्रालय पुगेको बताइएको छ । यसमा करोडौं चलखेल भएको भन्दै सर्वत्र विरोध भएको थियो। देश कोरोनाको संकटमा जुधिरहेको बेलामा पनि मन्त्री सहितका केहि व्यक्तिलाई कमाउने समय जुरेको भन्दै सरकार सहितका सम्वन्धित व्यक्तिहरुको व्यापक आलोचना भएको थियो। 

स्वास्थ्य मन्त्रालयले सूचना प्रविधिको काम गर्ने ओम्निटेक कम्पनीलाई मेडिकल सामग्री आपूर्तिको ठेक्का दिएको थियो । जुन कम्पनी बाणिज्य विभागमा दर्ता समेत नभएको पाइएको छ ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकाल यो प्रकरणमा प्रत्यक्ष संलग्न भएपछि यसले केपी ओली नेतृत्वको सरकारको बारेमा नकारात्मक चर्चा चुलिएको थियो। मन्त्री ढकाललाई राजिनामाको चर्को दवाव परेपनि ठेक्का रद्ध गरेर बीचको बाटो निकाल्ने प्रयास भएको छ। तर यस प्रकरणमा आएका सामान पनि गुणस्तरको नपाइएपछि ति सामान प्रयोग गर्न समेत रोक लगाइएको छ। 

सर्वत्र विरोध भएपछि मन्त्रालय यो निर्णयमा पुगेको बताइएको छ। यो खरिद प्रकरणको भ्रष्टाचारको बारेमा हाम्राकुरा डटकमले सबैभन्दा पहिला समाचार ब्रेक गरेको थियो।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०७६ चैत्र १९

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP