२०८२ माघ २, शुक्रबार
January 16, 2026, Friday

‘पीपीई’ खरिदमा भ्रष्टाचारको आशंका

सरकारले कोरोना उपचारमा संलग्न हुने चिकित्सकका लागि चीनबाट खरिद गर्न लागेको व्यक्तिगत सुरक्षा सामग्री (पीपीई)लगायतका सामग्रीमा ठूलो भ्रष्टाचार हुन लागेको आशंका गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीपीई, पञ्जा, मास्कलगायतका वस्तुहरु एक अर्ब ५० करोड रुपैयाँमा खरिद गर्दैछ ।

तर, यी सामाग्री खरिदमा चरम अनियमितता हुन लागेको आशंका गरिएको छ ।

सोही गुणस्तरका सामग्री चौधरी ग्रुपलेसमेत सरकारलाई हस्तान्तरण गर्दैछ ।

प्रतिसेट पीपीई १५ हजार रुपैयाँमा स्वास्थ्य मन्त्रालयले ल्याउन लागेको छ ।

तर, चौधरी ग्रुपले तीन हजारमै उक्त गुणस्तरकै पीपीई खरिद गर्न लागेको वसन्त चौधरीले ट्वीटमार्फत् बताएका छन् ।

सरकारले चीनबाट ल्याउन लागेको सामग्री लिन नेपाल वायुसेवा निगमको विमान शनिबार चीन गइसकेको छ ।

पीपीई खरिदको यो प्रसंग सामाजिक सञ्जालहरुमा ‘भाइरल’ बनेको छ ।

संकटको दुरुपयोग गर्दै आर्थिक लाभ लिनु गम्भीर अपराध हो । यसको निष्पक्ष छानबिनको माग पनि उठेको छ ।

Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०७६ चैत्र १५

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP