२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

सुदूरपश्चिम प्रदेश सरकारको १० महिनामा ३३ प्रतिशत बजेट मात्रै खर्च

कैलाली- आर्थिक बर्षको १० महिना पुगिसक्दा समेत सुदूरपश्चिम सरकारको बजेट खर्च ३३ प्रतिशत मात्रै पुगेको छ । चालु र पुँजीगततर्फ ३४ अर्ब २० करोड ९७ लाख स्वीकृत बजेट रहेकोमा प्रदेश सरकारले चालु आर्थिक वर्ष सकिन दुई महिना मात्र बाँकी रहेका बेला न्यून बजेट खर्च गरेको हो । 

प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार चालु वर्षको साउनदेखि वैशाख मसान्तसम्म सरकारले ११ अर्ब ४१ करोड बजेट मात्रै खर्च गर्न सकेको छ । जुन कुल विनियोजित बजेटको ३३ दशमलव ३८ प्रतिशत मात्र हो । चालु खर्चको तुलनामा अझ विकास बजेट २ प्रतिशतले कम छ ।

चालुतर्फ १६ अर्ब ३२ करोड १९ लाख बजेट रहेकोमा ५ अर्ब ५८ करोड ६५ लाख खर्च गरेर ३४ दशमलव २३ प्रतिशत प्रगति भएको छ । पुँजीगततर्फ १७ अर्ब ८८ करोड ७७ लाख बजेट विनियोजन गरिएकोमा ५ अर्ब ८३ करोड ३१ लख खर्च गर्दै ३२ दशमलव ६१ प्रतिशत प्रगति गरेको छ ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७८ जेष्ठ ९

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP